अजय यादव वियोगी
कलैया ,बारा ।
"नेपाल मत्स्य व्यावसायी समिति बाराको बैठकले विभिन्न निर्णय सहित बारामा माछा महोत्सव गर्ने गरि गर्यो निर्णय "
देशमा माछाको नाममा पहिलो नम्बर मा पर्ने बारामा अहिले नेपाल मत्स्य व्यावसायी समिति बाराले विभिन्न काम गर्न थालेका छन् ।माछाको गाउँले प्रसिद्ध बाराको कोल्हबी नगरपालिका -५ बोधवनमा असोज ३१ गते बैठक बस्ने समेत निर्णय भएको हो
।नेपाल मत्स्य व्यावसायी समिति बाराका अध्यक्ष एवम् समाजसेवी बिरेन्द्र चौधरीको अध्यक्ष्ातामा बसेको बैठकले बारामा माछा महोत्सव ,ग्रामीण तथा विप्रेषण सम्बन्धि अर्थात समृद्धि कार्यक्रम तथा अन्तर जिल्ला स्तरीय माछाको भ्रमण गर्ने गरि निर्णय भएको हो।बैठकमा नेपाल मत्स्य व्यावसायी समिति बाराका उपाध्यक्षद्वय रबिन्द्र चौधरी र पासवान ,दिनेश विक्रम थापा ,तुल्सी माझी र रामचन्द्र चौधरीको उपस्थिति रहेको थियो ।यस्तै विशेष उपस्थितिको रुपमा जिउँदो माछा व्यावसायी समितिका केन्द्रीय अध्यक्ष ,नेपाल अखिल क्रान्तिकारी किसान महासंघका केन्द्रीय सदस्य ,नेपाल मत्स्य व्यावसायी समिति बाराका पुर्व अध्यक्ष एवम् कोल्हबी नगरपालिका वडा नम्बर -५ का वडाध्यक्ष पदका प्रत्यासी ,समाजसेवी जंगबहादुर साह ,नेपाल मत्स्य व्यावसायी समितिका मधु सुदन अधिकारी लगायतकाको विशेष उपस्थिति रहेको नेपाल मत्स्य व्यावसायी समितिको बाराले जानकारी दिएका छन् ।बारामा मत्स्य किसानको हकहितमा काम समितिले गर्दे अाएका छन्।
प्रतिक्रिया