Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर -२ मा प्रतिनिधि सभामा २२ जना र प्रदेश सभा सदस्यमा ३२ जनाले गराए उम्मेदवारी दर्ता ,जसमध्ये प्रतिनिधिमा ११जना र प्रदेशमा २० जनाको स्वतन्त्र नै उम्मेदवारी

 अजय यादव वियोगी  कलैया ,बारा । "बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर -२ मा प्रतिनिधि सभामा २२ जना र प्रदेश सभा सदस्यमा ३२ जनाले गराए उ...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर -२ मा प्रतिनिधि सभामा २२ जना र प्रदेश सभा सदस्यमा ३२ जनाले गराए उम्मेदवारी दर्ता ,जसमध्ये प्रतिनिधिमा ११जना र प्रदेशमा २० जनाको स्वतन्त्र नै उम्मेदवारी "


बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर -२मा उम्मेदवारी दिनेको घुईचो नै लागेको हो ।अाउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि असोज २३ गते मनोनयन दर्ता गराउने भएकाले नेता कार्यकर्ताहरुले बाजा गाजा सहित बाराको ४ वटा निर्वाचन क्षेत्रको निर्वाचन कार्यालयमा पुगेका थिए ।जसमध्ये बाराको क्षेत्र नम्बर -२ मा बढी नै चहलपहल थियो।बाराको महागढीमाई नगरपालिका वडा नम्बर -२  बरियारपुरमा रहेको कार्यालय १० :०० बजे देखि ५ बजे सम्म उम्मेदवारी दिनेको लाईन रहेको थियो ।क्षेत्र नम्बर -२ मा प्रतिनिधि सभा सदस्यका लागि २२ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत सुदर्शन ढकालले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।जसमध्ये ११ जना स्वतन्त्र र ११ जना दलबाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत ढकालले बताउनुभयो। त्यस्तै प्रदेश सभामा कुल ३२ जनाले उम्मेदवारी दिएका छन् ।




जसमध्ये २० जना स्वतन्त्र नै रहेको निर्वाचन अधिकृत सुदर्शन ढकालले बताउनुभयो।प्रदेश सभा "क"(१) मा १५ जना उम्मेदवारी दर्ता गराएकोमा ९ जना स्वतन्त्र र ६ जना दलबाट रहेको पनि निर्वाचन ढकालले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।प्रदेश सभाकै "ख"(२) मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।जसमध्ये ११ जना स्वतन्त्र र ६ जनाको दलबाट उम्मेदवारी परेको पनि निर्वाचन अधिकृत ढकालले बताउनुभयो।शान्तिपूर्ण ढंगले बारा क्षेत्र नम्बर -२ मा नै मनोनयन दर्ता भएको कुनै किसिमको विवाद नभएको पनि निर्वाचन कार्यालय महागढीमाई नगरपालिका बरियारपुरले जानकारी दिएका छन्।सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षार्थ खटाईएको थियो ।नेता कार्यकर्ताले दिनभरि भरिभराउ भएपनि कुनै किसिमको विवाद नभई स्वच्छ ढंगले सबैले अाफ्नो उम्मेदवारी दर्ता गराएको लोसपाका यूवा नेता अशोककुमार यादवले बताउनुभयो ।अहिले गठबन्धनले गर्दा सबैले अा-अाफ्नो पक्षमा बहुमत जुटाउन लागि परेको समेत यूवा नेता यादवले बताउनुभयो ।त्यस्तै क्षेत्र नम्बर -३ को कलैया ,क्षेत्र नम्बर -१ को कोल्हबी र क्षेत्र नम्बर -४ को पथलैयामा शान्तिपूर्ण ढंगले मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर प्रसाद उपाध्यायले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।बाराबासीले शान्तिपूर्ण ढंगले पनि चुनावमा पनि सहभागिता देखाउलाँ भन्ने अाफूलाई विश्वास लागेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताउनुभयो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content