Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पटेर्वा सुगौलीमा निजी स्रोतका शिक्षकले तलब पाएनन्

७ कात्तिक, वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाका विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले चार महिनादेखि तलब नपाएपछि पालिकाको ध्यानाक...

७ कात्तिक, वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाका विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले चार महिनादेखि तलब नपाएपछि पालिकाको ध्यानाकर्षण गराएका छन् ।

नगरपालिकाले स्थायी, करारका शिक्षकलाई दशैंअघि तलब दिए पनि निजी स्रोतका शिक्षकलाई भने तलब नदिएपछि शिक्षा शाखा प्रमुख र नगर प्रमुखलाई ध्यानाकर्षण गराएको जानकारी दिएका छन् ।

पालिकाको नेपाल राष्ट्रिय आधारभूत विद्यालय पटेर्वा, रामपुरमा निजी स्रोतमा शिक्षण सेवा गर्दै आएका शिक्षक रामआशिष यादवले थोरै तलबमा काम गर्नुपर्ने र त्यो तलब पनि समयमा नदिँदा समस्या भएको बताए । उनी भन्छन् ‘हामीलाई जम्मा दश हजार दिएको छ । त्यो पनि समयमा दिँदैन । अरुले दशैं अघि पाइसके हामीले चाँहि अहिले पनि कहिले दिने भन्ने थाह छैन ।’

गाउँपालिका प्रमुख दिनेशकुमार चौधरीले तलब दिन ढिला भएको स्वीकार गरे । ‘निजी स्रोतका शिक्षकहरु कसरी नियुक्त हुनुभएको छ भनेर हेरिरहेका छौं । आवश्यक प्रक्रिया पु¥याएर दिन्छौं । रोक्ने नियत होइन’, उनले भने ।

पटेर्वा सुगौली गाउँपालिकाका २४ वटा विद्यालयमा २९ जना निजी स्रोतका शिक्षक रहेका छन् । निजी स्रोत शिक्षकहरुलाई मासिक तलब १० हजार रुपैयाँ दिँदै आएको तर हाल राजनीतिक विषय लिएर साउनदेखिको तलब नदिएको शिक्षकहरुको गुनासो छ ।

 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content