स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगञ्ज महानगरले ‘वीरगञ्ज विकास प्राधिकरण’ गठन गर्ने

SHARE:

१७ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ‘वीरगञ्ज विकास प्राधिकरण’ गर्ने भएको छ । महानगरपालिकाको बिहीबार बसेको कार्यपालिका (बोर्ड) बैठकले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको हो ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन पछि गठन भएको कार्यपालिकाको ७ औं बैठक बिहीबार बसेको थियो । मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले भौतिक पूर्वाधार विकास, योजनावद्ध सहरीकरण र ल्याण्ड पुलिङ गरेर विकासका आयोजना सञ्चालन गर्न ‘वीरगञ्ज विकास प्राधिकरण’ गठन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

‘काठमाडौंमा काठमाडौं उपत्यका विकास प्राधिकरण गठन भएको छ । त्यसले काठमाडौं उपत्यकाको विकासका लागि विभिन्न काम गर्दै आएको छ,’ उनले भने, ‘वीरगञ्जमा पनि अध्ययन अनुसन्धान गरेर योजनाबद्ध भौतिक पूर्वाधार विकासका काम सञ्चालन गर्न वीरगञ्ज विकास प्राधिकरण गठन गर्न लागिएको हो ।’

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा ‘वीरगञ्ज विकास प्राधिकरण गठन’ गर्नका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

करार कर्मचारीको म्याद ३ महिना थप

बैठकले वीरगञ्ज महानगरपालिकाको खरिद नियमावली २०७७ संशोधन गर्ने, करारका कर्मचारीहरुको म्याद ३ महिना थप्ने, बीपी उद्यानको मुद्दामा महानगरपालिकाले बहस पैरवी गर्ने, दलित सूचीकरणमा छुट भएकाहरुको नाम सूचीकरणका लागि पठाउने लगायतका निर्णय गर्नुको साथै नगर दररेट समेत पास गरेको छ ।

वीरगञ्ज महानगरपालिका लेखा समिति कार्य सञ्चालन कार्यविधि २०७९, सुशासन समिति कार्य सञ्चालन कार्यविधि २०७९ पनि कार्यपालिकाको बैठकले पास गरेको आन्तरिक लेखा प्रमुख अधिकृत हरिशंकर कुर्मीले जानकारी दिए ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: वीरगञ्ज महानगरले ‘वीरगञ्ज विकास प्राधिकरण’ गठन गर्ने
वीरगञ्ज महानगरले ‘वीरगञ्ज विकास प्राधिकरण’ गठन गर्ने
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/09/blog-post_7.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/09/blog-post_7.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content