Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

टीकापुरको कैलाशेश्वर शिव मन्दिर जीर्ण

टीकापुर। कैलालीको टीकापुरस्थित कैलाशेश्वर शिव मन्दिर जीर्ण अवस्थामा छ । धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण शिव मन्दिर समय समयमा मर्मत सम...

टीकापुर। कैलालीको टीकापुरस्थित कैलाशेश्वर शिव मन्दिर जीर्ण अवस्थामा छ । धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण शिव मन्दिर समय समयमा मर्मत सम्भार हुन नसक्दा जीर्ण बन्दै गएको हो ।

कैलाशेश्वर शिव मन्दिर २०४३ सालमा स्थापना भएको हो । दशकौँअघि बनेको मूल मन्दिर, यज्ञकुण्ड र आवासगृह जीर्ण छन् । यी संरचना पुनःनिर्माणका लागि लगानी आवश्यक छ । कैलाशेश्वर मन्दिरमा साना–ठूला गरी विभिन्न देवी–देवताका ११ मन्दिर छन् । एउटा आवास र यज्ञकुण्ड छ । यी सबै संरचना वर्षौँअघि बनेका हुन् ।

यतिखेर मन्दिर भक्तजनको भेटीबाट चलिरहेको व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद तिमिल्सिना बताउनुहुन्छ । भक्तजनको भेटीबाट उठेको रकमले मन्दिर संरक्षण, मर्मत, गुरुकूल सञ्चालनलगायत काम भइरहेका छन् । मन्दिर व्यवस्थापन समितिले डेढ वर्षमा रु १० लाख आम्दानी भएको जनाएको छ । मन्दिरको आम्दानीबाट व्यवस्थापन समितिले निर्माण, जीर्ण रहेका संरचना मर्मत, पानीका धारा जडान, रङरोगन, अतिथि व्यवस्थापन, पानी र बिजुलीको बिल खर्च, भोजनालय निर्माण, विद्यार्थीका लागि आवास तथा कक्षाकोठा निर्माणमा खर्च गरेको छ ।

मन्दिरले यसै शैक्षिकसत्रबाट कैलाशेश्वर वेद विद्या आश्रमसमेत सञ्चालनमा ल्याएको तिमिल्सिनाले जानकारी दिनुभयो । विद्या आश्रममा हाल ११ विद्यार्थी अध्ययनरत छन् । आश्रममा एक जना नियमित वार्डेन मासिक तलबमा राखिएको छ भने बाँकी शिक्षकको व्यवस्था विषयगत शिक्षकले निःशुल्क दिने व्यवस्था मिलाइएको तिमिल्सिना बताउनुहुन्छ ।

“मुख्य मन्दिर जीर्ण छ । यज्ञशाला, आवास भवनसमेत जीर्ण रहेकाले तत्काल पुनःनिर्माण आवश्यक छ । यहाँ वर्षभरि पाँच सय जनासम्म साधुसन्त अतिथिका रूपमा आउने भएकाले धर्मशाला आवश्यक छ”, उहाँ भन्नुहुन्छ, “नेपाल र भारतबाट आउने साधुसन्तलाई भवन अभाव छ, बरण्डामै बस्नपर्ने बाध्यता छ । उनीहरूका लागि खानपानको व्यवस्था गर्नसमेत समस्या भएको छ ।”

मन्दिरको अगाडिको क्षेत्रमा पर्खाल निर्माण भएको छ । नदी क्षेत्रमा खुला रहेकाले घेरबार तथा पर्खाल आवश्यक छ । गत वर्ष मन्दिर परिसरमा रोपिएका डेढ सय बहुमूल्य बिरुवा छाडा पशुले नष्ट गरिदिएको उहाँको गुनासो छ । मन्दिरमा लगानी गरेमा मन्दिरबाट हुने आम्दानीले सिर्जनात्मक र थप अन्य विकास निर्माण गर्न सकिने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

मन्दिर संरक्षणका लागि टीकापुर नगरपालिकाले गुरुयोजना निर्माण गरेको छ तर कार्यान्वयन भएको छैन । गत वर्ष मन्दिरमा संरचना निर्माणका लागि नगरपालिकाले रु ३० लाख विनियोजन गरेको थियो तर खर्च गर्न सकेन । वर्षभरि हजारौँ दर्शनार्थीले पूजाआजा र दर्शन गर्ने कैलाशेश्वर मन्दिर संरक्षणको दायित्व नगरपालिकाले लिनुपर्ने स्थानीयको माग छ ।

“मन्दिर व्यवस्थापन समितिले प्रतिव्यक्ति रु ५० हजार रकम सङ्कलन गरेर मन्दिर संरक्षण थालेको छ । समितिले सिर्जनात्मक समय मन्दिरलाई दिएको छ”, स्थानीय रुपा देवकोटाले भन्नुभयो । मन्दिर धार्मिक केन्द्रका रूपमा रहेकाले यसको विकास सँगसँगै टीकापुरको समेत विकास हुने देखिन्छ । टीकापुरको कैलाशेश्वर र सत्तीको पद्मप्रकाशेश्वर यहाँका पहिचान हुन् ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू नगरपालिकाले शिव मन्दिर र पदप्रकाशेश्वर मन्दिरलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुहुन्छ । “गुरुयोजना बनिसकेको छ । त्यसैअनुरुप विकास गर्छौँ”, उहाँले भन्नुभयो । मन्दिरका नाममा दुई बिघा दुई कठ्ठा जमिन छ । नगरपालिकाले गत वर्षदेखि पूजा खर्चका लागि मन्दिरलाई रु एक लाख उपलब्ध गराउँदै आएको छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content