Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

डेङ्गु परीक्षण शुल्कमा मनोमानी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने निर्णय गरे पनि हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । का...

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने निर्णय गरे पनि हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन नहुनुभन्दा पनि किन कार्यान्वयन नभएको भन्ने जानकारी स्वास्थ्यमन्त्रीलाई नै दिइएको छैन ।

स्वास्थ्य मन्त्रालयले नै गरेको निर्णय कार्यान्वयन हुन नसक्दा डेङ्गुको परीक्षणमा लाग्ने शुल्कमा मनोमानी भइरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले डेङ्गु परीक्षण शुल्क मनपरी रूपमा लिएको भन्ने गुनासो आएपछि डेङ्गु परीक्षण शुल्कमा एकरूपता ल्याउने निर्णय भएको बताउनुभयो तर निर्णय कार्यान्वयनमा किन ढिलाइ भएको भन्नेबारे थाहा नपाएको बताउँदै भन्नुभयो, “म भोलि नै बुझेर कार्यान्वयनमा लैजान्छु ।” स्वास्थ्य मन्त्रालयका पदाधिकारी तथा विज्ञसहितको टोलीको भदौ २१ गते सम्पन्न बैठकले तीन दिनदेखि एक सातासम्म डेङ्गु परीक्षण शुल्कमा एकरूपता गर्ने निर्णय गरेको थियो । उक्त निर्णय भएको १० दिन बितिसक्दा पनि मन्त्रालयले डेङ्गु परीक्षण शुल्कमा एकरूपता ल्याउन सकेको छैन ।

सरकारले डेङ्गु परीक्षण शुल्क नतोक्दा निजी तथा सरकारी अस्पताल तथा प्रयोगशालाले मनपरी शुल्क लिँदै आएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले ओपीडीमा परीक्षण गरेपछि चिकित्सकले प्रेस्क्रिप्सन गरेमा डेङ्गु परीक्षण निःशुल्क हुने जानकारी दिनुभयो । अस्पताल र प्रयोगशालाले विभिन्न शुल्कमा किट खरिद गरेको हुनाले डेङ्गु परीक्षण शुल्कमा एकरूपता हुन नसकेको भन्दै उहाँले न्यूनतम र अधिकतम शुल्क भने तोकिनुपर्ने बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले मौखिक रूपमा गुणस्तर मापन तथा नियामक विभाग प्रमुख डा. मदन उपाध्यायको संयोजकत्वमा शुल्क एकरूपता समिति बनाउने निर्णय भएको भन्दै डा. उपाध्यायले लिखित रूपमा पत्र खोजेपछि उहाँलाई लिखितपत्र पठाइसकेको बताउनुभयो ।

यद्यपि संयोजकको जिम्मेवारी पाएका डा. उपाध्यायले हालसम्म डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने समितिको संयोजकको पत्र प्राप्त हुन नसकेको जानकारी दिनुभयो ।

नेपालमा गत साउनदेखि हालसम्म १२ हजार २१७ जना डेङ्गु सङ्क्रमित पुष्टि भएको छ । डेङ्गु बढेसँगै अस्पतालमा डेङ्गु परीक्षण गर्ने मानिसको भीड बढेको छ । सरकारी प्रयोगशालामा समेत डेङ्गु परीक्षण आठ सय रुपियाँ लिइएपछि त्यसको विरोध हुँदै आएको छ । डेङ्गु परीक्षणको सरकारी अस्पतालले समेत एक हजार पाँच सयसम्म शुल्क लिँदै आएका छन् ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content