Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

प्रविधिले ओझेलमा हुलाक सेवा

दोधारा चाँदनी। गाउँमा हुलाकी देखेपछि कसको खबर आयो, कसैको चिठ्ठीपत्र आयो कि भनेर कौतुहलता हुनेगथ्र्यो । पछिल्लो समय सूचना प्रविधिमा आएको विक...

दोधारा चाँदनी। गाउँमा हुलाकी देखेपछि कसको खबर आयो, कसैको चिठ्ठीपत्र आयो कि भनेर कौतुहलता हुनेगथ्र्यो । पछिल्लो समय सूचना प्रविधिमा आएको विकाससँगै हुलाक सेवा ओझेलमा परेको छ । हुलाकमार्फत चिठ्ठीपत्र पठाउँदा समय धेरै लाग्ने र मोबाइल, टेलिफोन, इन्टरनेटको प्रयोगबाट पठाउन खोजेको सन्देश क्षणभरमै पुग्ने भएकाले हुलाक सेवा ओझेलमा पर्दै गएको हो ।

कञ्चनपुरको बेदकोट नगरपालिका–७ का ५६ वर्षीय परमानन्द भट्टले हुलाक सेवा प्रयोग नगरेको डेढ दशक भइसक्यो । विसं २०६० तिर भारतमा रहेका छोराको चिठ्ठी पाएको उहाँ सम्झिनुहुन्छ । “विसं २०५४ को अन्त्यतिर छोरा रोजगारीका लागि भारत गयो, यसको करिब डेढ वर्षपछि मुम्बै पुगेको चिठ्ठी आयो”, उहाँले विगत सम्झिँदै भन्नुभयो, “त्यो बेलाको कुरा गर्दा त अहिले कहानीजस्तो लाग्छ ।” उहाँले त्यो बेला हुलाकी गाउँमा देखिँदा कसको के खबर आयो भनेर सोध्ने गरिन्थ्यो । “छोरा पुगेको खबर डेढ वर्षपछि आयो, रोजगारी लागेको खबर त चार वर्षपछि आएको हो”, उहाँले भन्नुभयो, “अहिले त मिनेट–मिनेटमा कुरा हुन्छ, जमाना कहाँ पुगिसक्यो ।”

तत्कालीन समयमा चिठ्ठी आएपछि गाउँले सबै भेला भएर जान्ने एक जनाले बाचन गर्ने र अरुले सुन्ने गर्थे । “अहिले त सबै पढेलेखेका छन्, त्यो बेला चिठ्ठी पढ्ने मान्छे पनि खोज्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “देश–विदेशमा गएका छोरा र आफन्तको खबर आउने माध्यम भनेकै चिठ्ठीपत्र थियो ।”

पछिल्लो समयमा प्रविधिको बढ्दो प्रयोगले आफन्त वा साथीलाई सन्देश पठाउन सर्वसाधारणले मोबाइल, टेलिफोन, इन्टरनेट, सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन् । सूचना प्रविधिमा आएको तीव्र विकासले मानव जीवनलाई नै परिवर्तन गरिदिएको छ । अन्य मुलुकको तुलनामा नेपालमा सुस्त गतिले भए पनि सूचना प्रविधिले फड्को मारेको भीमदत्त नगरपालिका–१५ का विष्णुदत्त जोशीले बताउनुभयो ।

“अहिलेको इन्टरनेट, इमेलको युग छ, यसले चिठ्ठीपत्रको सञ्चारलाई ओझेलमा पारेको छ”, उहाँले भन्नुभयो, “अब हुलाकलाई ई–सञ्चार केन्द्रका रूपमा विकास गरिनुपर्छ ।” उहाँले प्रविधिमा नागरिकको पहुँच बढ्दै गएकाले हुलाक सेवालाई पनि जीवन्त राख्न ग्रामीण क्षेत्रमा बैंकिङ सेवा विस्तार गर्न सकिने बताउनुभयो । “हुलाकलाई विदेशको खबर होइन विदेशको पैसा बोक्ने विश्वासिलो माध्यम बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा पहुँच नभएकाहरूले पनि सुविधा लिन सकुन् ।”

विसं २०५० मा मर्कन्टाइल कम्पनीले नेपालमा पहिलोपटक इन्टरनेट सेवा सुरु गरेको बताइएको छ । जिल्ला हुलाक कार्यालय कञ्चनपुरका सूचना अधिकारी देवसिंह सामन्तले पछिल्लो एक दशकयता व्यक्तिगत चिठ्ठी आउन छाडेको बताउनुभयो । “सरकारी कार्यालयका चिठ्ठी मात्रै आउँछन्, अहिले इमेललाई पनि मान्यता दिएपछि त्यो पनि कम हुँदै गएको छ”, उहाँले भन्नुभयो, “महत्वपूर्ण कागजात पठाउन त अझै हुलाककै प्रयोग गर्छन् ।”

प्रविधिको विकासले चिठ्ठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएकाले हुलाक सेवा प्रयोग गर्नेहरूको सङ्ख्या न्यून भएको सूचना अधिकारी सामन्तको भनाइ छ । “यसमा जनशक्ति बढी छ, सरकारलाई उपलब्धि केही छैन”, उहाँले भन्नुभयो, “यो जनताको सेवाका लागि मात्रै हो ।” तर राजस्व सङ्कलनमा भने कमी नआएको उहाँले बताउनुभयो । “अहिले दैनिक रु आठदेखि १२ हजारसम्म टिकट बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “विशेषगरी लेखनदासहरूले बढी टिकट लग्ने गरेका छन् ।”

सरकारी कामकाजका चिठ्ठी, पत्रपत्रिका आदाप्रदान, हुलाक टिकट बिक्री र कहिलेकाहीँ बैंकबाट ऋण लगेर भाका नाघेका व्यक्तिलाई चिठ्ठी पठाउनेलगायत काम मात्रै हुने गरेको उहाँले बताउनुभयो । गत वर्षदेखि सूचना तथा सञ्चार मन्त्रालयले पत्रपत्रिका, रेडियो, टेलिभिजनको इजाजतपत्र नवीकरण र स्थानीयस्तरमा दर्ता गर्ने अधिकार दिएको सूचना अधिकारी सामन्तले बताउनुभयो ।

कार्यालयमा सरकारी चिठ्ठी र केही व्यक्तिको महत्वपूर्ण कागजातलगायतका ५०–६० वटा चिठ्ठीपत्र दैनिक आउने गरेको हुलाक कार्यालयले जनाएको छ । कञ्चनपुरमा जिल्ला हुलाक, इलाका हुलाक र १२ अतिरिक्त हुलाक कार्यालय छन् । यी सबै कार्यालयमा एक सय चार कर्मचारी कार्यरत छन् ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content