Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बारा क्षेत्र नम्बर -४को " ख" बाट जनता समाजवादी पार्टी ,नेपालले यूवा नेता लक्ष्मीप्रसाद यादवलाई गरे प्रदेश सदस्यको टिकटको लागि सिफारिस ,जनमानसमा खुशीयाली

 अजय यादव वियोगी  कलैया ,बारा । " बारा क्षेत्र नम्बर -४को " ख" बाट जनता समाजवादी पार्टी  ,नेपालले यूवा नेता लक्ष्मीप्रसाद याद...

 अजय यादव वियोगी 

कलैया ,बारा ।


" बारा क्षेत्र नम्बर -४को " ख" बाट जनता समाजवादी पार्टी  ,नेपालले यूवा नेता लक्ष्मीप्रसाद यादवलाई गरे प्रदेश सदस्यको टिकटको लागि सिफारिस ,जनमानसमा खुशीयाली "

बाराको कलैयामा सम्पन्न जनता समाजवादी पार्टी ,नेपालको बैठकले धमाधम प्रतिनिधि र प्रदेश सभाको चुनाव उभिने नेताहरुको नाम सिफारिस गर्न थालेका छन् ।बारामा ४ वटा संसदीय क्षेत्रहरु रहेका छन् ।जसमध्ये प्रदेशको ८ वटा सिट रहेका छन् ।सबै पार्टीले अा-अाफ्नो ठाउँबाट नाम सिफारिस गरेर पठाउने क्रममा जारी रहेका छन् ।सोहीमध्ये  जनता समाजवादीले पनि नाम सिफारिस गरेका हुन ।क्षेत्र नम्बर -१,२,३ र ४ मा प्रतिनिधि र प्रदेश सभाको लागि टिकट दिने भावि उम्मेदवारको नाम सिफारिस हुन लागेका छन् ।जसमध्ये बाराको क्षेत्र नम्बर -४ "ख" अधिक चर्चामा रहेका छन् ।अधिकाँश सञ्चार माध्यमको ध्यान केन्द्रित भएको हो ।लोसपाका नेता एवम् प्रदेशका पुर्व भौतिक पुर्वाधार मन्त्री  जितेन्द्र सोनल पनि सोही क्षेत्रबाट लडने भएकाले चर्चाको बिषय बन्न पुगेका छन् ।जनता समाजवादी पार्टी ,नेपालले सक्षम उम्मेदवारको खोजी गर्दै अाउँदो मंसिर ४ गतेको चुनावमा पार्टीले जित्ने गरि नाम सिफारिस गर्न थालेका छन् ।तर गठबन्धनमा जाने भएकाले कसले टिकट पाउने अन्यौल कायम रहेको छ ।जनता समाजवादी पार्टी ,नेपाल बाराका सह-सचिव एवम् चर्चित यूवा नेता लक्ष्मीप्रसाद यादवको नाम प्रदेश सभाको टिकटका लागि सिफारिस गरिएको छ ।उनीसँगै कानुन क्षेत्रका जानकार अधिवक्ता रामचन्द्र सिँह राजपुत ,डा.धन्नजय यादव ,सुमित यादव र नरेश यादव लगायत ५ जनाको नाम सिफारिस भएको जनता समाजवादी पार्टी ,नेपालका यूवा नेता लक्ष्मीप्रसाद यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।अहिले पार्टीमा चर्चा र गहन छलफलपछि उम्मेदवारको नाम टुंगो लगाउन थालिएको पनि यूवा नेता यादवले बताउनुभयो ।क्षेत्र नम्बर -४ को "क" मा एकल  सोहन शर्माको नाम सिफारिस भएको हो ।प्रतिनिधि सभाका लागि -३ जनाको नाम सिफारिस गरिएको जनता समाजवादी पार्टी ,बाराले जानकारी दिएका छन् ।प्रतिनिधि सभाका सिफारिस भएका नेताहरुमा बाराका चर्चित नेता बिरेन्द्र प्रसाद कुशवाहा ,भरत प्रसाद कुर्मी र अान्नद कुमार यादवको नाम पार्टीमा पठाईएको हो ।भागबन्डा लागेर अाए कसको नाममा टिकट अाईरहेको छ ।सोही अनुसार अगाडि बढने लक्ष्य रहेको जसपा बाराका नेताहरु बताएका छन् ।अहिले घनिभुत छलफल भईरहेको छ,पार्टीले जे निर्णय गर्छ त्यो सबैले मान्नुपर्ने स्थिति हुने जसपाका एक नेताले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।प्रदेश सभाका लागि सिफारिस भएका लक्ष्मीप्रसाद यादव बारामा मधेस अान्दोलन देखि सक्रिय भई काम गरिरहेका छन् ।वडा देखि सुरु गरेका राजनीति अहिले जिल्ला सम्म पुगेका छन् ।सरल ,शान्त स्वाभावका युवा नेता प्रसौनी गाउँपालिका वडा नम्बर -६ का स्थायी बासिन्दा रहेका हुन ।प्रसौनी गाउँपालिकामा विभिन्न पदमा लडने चर्चा चलेको भएपनि यादवले अाफू भन्दा वरिष्ठलाई दिई अाफूले अहिले प्रदेश सभाका लागि  उपयुक्त ठान्नेको लडने विचार गरेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।युवाहरुको चाहना बमोजिम काम गर्ने समेत वहाँले बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content