
बारा । बारा प्रहरीले नक्कली नेपाली रुपैंयाको नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा न.५ कनकपुर टोल बस्ने जगदेव महतो नुनिया रहेका छन् ।
विशेष सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीले नुनियाको घरमासुत्ने कोठामा रहेको बाँसको मचानमाथि रहेको ओच्छायान मुनी माछा मार्ने जालभित्र लुकाइ छिपाई राखेको नेपाली नक्कली नोट बरामद गरेको हो ।

प्रहरीले उनको घरबाट नेपाली रु एक हजार दरको नोट–८१ थान र पाँच सय दरको नोट–३ थान गरी जम्मा ८२ हजार पाँच सय नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
बरामद नक्कली नोटसहित नुनियालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरी उपरिक्षक बोगटीले बताउनुभयो ।
प्रतिक्रिया