Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बेनी–भकिम्ली सडक चार महिनापछि सञ्चालन

गलेश्वर। गत जेठ अन्तिम सातादेखि पहिराका कारण अवरुद्ध बनेको बेनी–भकिम्ली सडक चार महिनापछि पूर्णरुपमा सञ्चालनमा आएको छ । म्याग्दीको बेनीनगरपा...

गलेश्वर। गत जेठ अन्तिम सातादेखि पहिराका कारण अवरुद्ध बनेको बेनी–भकिम्ली सडक चार महिनापछि पूर्णरुपमा सञ्चालनमा आएको छ ।

म्याग्दीको बेनीनगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण अवरुद्ध बेनी–भकिम्ली सडक चार महिनापछि शुक्रबारदेखि सञ्चालनमा आएको हो । यसअघि सामान्य मर्मत गरिए पनि सडक नियमित सञ्चालनमा आउन सकेको थिएन ।

सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिराले सडक बगाएपछि भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको थियो । “अब ठूला सवारीसाधन पनि नियमित आवतजावत गर्न मिल्छ, बाटो अवरुद्ध हुदाँ भकिम्लीवासीले धेरै सास्ती खेप्नुपरेको थियो”, भकिम्लीका युवा याम घर्तीमगरले भन्नुभयो ।

उहाँका अनुसार बर्खा लागेपछि केही समय मोटरसाईकल मात्रै आवतजावत गर्ने बाटो बनाइए पनि लगातारको बाढीपहिराले बगाएपछि भकिम्लीवासीले पैदल मार्गको प्रयोग गरी सदरमुकाम बेनीसम्म जानुपर्ने बाध्यता थियो । पहिराले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण मार्गको प्रयोग गर्न बाध्य भएका छन् । बेनीनगरपालिका र स्थानीयले श्रमदान गरेर खोल्ने प्रयास गरे पनि असफल भएपछि अलपत्र अवस्थामा रहेको सडक मर्मत सम्भारका लागि कृष्ण छन्त्यालको अध्यक्षतामा उपभोक्ता समिति बनाइएको थियो ।

गतवर्ष ढलानसहितको सडक पहिराले बगाएपछि वैकल्पिक मार्ग हुँदै सडक सञ्जाल जोड्ने प्रयास गरिएको थियो । पहिराले हलेगौडासहित आसपासका क्षेत्रका बस्ती जोखिममा परेको छ । भकिम्ली हँुदै छिमेकी बागलुङको काठेखोला र ताराखोला गाउँपालिकाका बासिन्दाले आवतजावत गर्ने गरेका छन् । भकिम्ली जाने वैकल्पिक सडकअन्तर्गत ज्यामरुककोट, बेनी–थामडाँडा सडकखण्डअन्तर्गत राखु र मरेक हुँदै आवतजावतगर्न सकिन्छ । भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो मानिन्छ । नगरपालिकाले उक्त सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो ।

करिब सात सय ५० घरधुरीको बसोबास रहेको भकिम्लीवासीलाई सहज हुने गरी सडक मर्मतको प्रयास भए पनि उक्त स्थान सधैँ जोखिम बन्दै गएकाले अहिले मर्मत गरी सञ्चालनमा ल्याइएको वडाध्यक्ष पदम पुनले बताउनुभयो ।

“नयाँ ट्रयाक खुले पनि केही ठाउँमा वर्षेनी सताउने गरेको छ, मर्मतपछि स्थानीयलाई घुमाउरो र वैकल्पिक मार्गको प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ”, अध्यक्ष पुनले भन्नुभयो । एक वर्ष अगाडि ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेपछि उक्त मार्गमा नियमित जसो अवरुद्ध हुन थालेपछि वैकल्पिक मार्गको सर्भे भएको थियो । यो सडक विस्तार, स्तरोन्नतिमा स्थानीयको चन्दा श्रमदान रहेको छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content