जसपा: बारा जिल्लाको क्षेत्र न. १,२,३,४ मा प्रतिनिधि सभा सदस्यमा र प्रदेश सभा सदस्य "क" र "ख" मा आकांक्षीको नामको सिफारिस
सन्दिप यादव
कलैया , बारा
भदौ १९ गते ।
कलैया: जनता समाजवादी पार्टी (जसपा) ले बारा जिल्लाको क्षेत्र न. १ मा प्रतिनिधि सभा सदस्यमा २ जान आकांक्षीको नाम सिफारिस गरेको छ । कलैयामा सनिवार बसेको जसपा पार्टी नेपाल , बाराको क्षेत्रीय वैठकले नाम सिफारिस गरेको हो ।
जसपा पार्टी नेपाल , बारा जिल्लाका अध्यक्ष अजय पटेलका अनुसार उम्मेदवार चयनका लागि भएको छलफलमा सहमती जुटे पछि आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको हो । प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस हुनेमा रामबाबु कुशवाहा र मनिष यादव रहेका छन् ।
यसैगरी वैठकले क्षेत्र न. १ को "क" मा सुरेश बैठा र विषणुदयाल सहनीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
यसैगरी वैठकले क्षेत्र न. १ को "ख " मा मा. सरोज कुमार यादव र म. मुरतुजा अन्सारी को नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) ले बारा जिल्लाको क्षेत्र न. २ मा प्रतिनिधि सभा सदस्यमा ३ जान आकांक्षीको नाम सिफारिस गरेको छ ।
जसपा पार्टी नेपाल , बारा जिल्ला का अध्यक्ष अजय पटेलका अनुसार उम्मेदवार चयनका लागि भएको छलफलमा सहमती जुटे पछि आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको हो । प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस हुनेमा श्री उपेन्द्र यादव ( राष्ट्रिय अध्यक्ष ) ,मा. राम सहाय यादव र प्रयाग राय यादव रहेका छन् ।
यसैगरी वैठकले क्षेत्र न. २ को "क" मा मा.उषा कुमारी यादव , रामबाबु प्र. यादव , सरदा शंकर प्र. साह कलवार र आत्माराम साहको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
यसैगरी वैठकले क्षेत्र न. २ को "ख " मा मा. बच्चा राउत अहिर , अवधभुषण प्र. यादव , रामकिशोर प्र. यादव , अमरदेव यादव र ऋषिकेश यादवको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) ले बारा जिल्लाको क्षेत्र न. ३ मा प्रतिनिधि सभा सदस्यमा ५ जान आकांक्षीको नाम सिफारिस गरेको छ ।
जसपा पार्टी नेपाल , बारा जिल्ला का अध्यक्ष अजय पटेलका अनुसार उम्मेदवार चयनका लागि भएको छलफलमा सहमती जुटे पछि आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको हो । प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस हुनेमा श्री उपेन्द्र यादव ( राष्ट्रिय अध्यक्ष ) ,मा. रामबाबु कुमार यादव , प्रमोद गुप्ता , सचितानन्द यादव र शंकर प्र. यादव रहेका छन् ।
यसैगरी वैठकले क्षेत्र न. ३ को "क" मा भरत बहादुर खडका , शिवनाथ प्रसाद पटेल , रुपलाल चौधरी , हेमराज भट्टराई र प्रकाश चौगाइको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
यसमध्ये रुपलाल चौधरी अघिल्लो निर्वाचनमा संघीय समाजवादी फोरमबाट प्रदेश सभा सदस्य पदका प्रत्याशी उम्मेदवार हुन ।
यसैगरी वैठकले क्षेत्र न. ३ को "ख " मा माननीय पारस प्र. साह र दिनेश प्र. साह को नाम सिफारिस गर्ने निर्णय गरेको छ । यसमध्ये माननीय पारस प्रसाद साह अघिल्लो निर्वाचनमा संघीय समाजवादी फोरमबाट प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका थिए ।
जनता समाजवादी पार्टी (जसपा) ले बारा जिल्लाको क्षेत्र न. ४ मा प्रतिनिधि सभा सदस्यमा ३ जान आकांक्षीको नाम सिफारिस गरेको छ ।
जसपा पार्टी नेपाल , बारा जिल्लाका अध्यक्ष अजय पटेलका अनुसार उम्मेदवार चयनका लागि भएको छलफलमा सहमती जुटे पछि आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको हो । प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस बिरेन्द्र प्र. कुशवाहा , भरत प्र. कर्मी र आनन्द कुमार यादव रहेका छन् ।
यसैगरी वैठकले क्षेत्र न. ४ को "क" मा सोहन शर्माको एकल नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
यसैगरी वैठकले क्षेत्र न. ४ को "ख " मा रामचन्द सिंह , डा. धनन्जय प्र. यादव , सुनिल कुमार यादव , नरेश कुमार यादव र लक्ष्मी प्र. यादवको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
जसपा पार्टी नेपाल, बारा जिल्लाका अध्यक्ष अजय पटेलको अध्यक्षतामा बसि अगामी हुन गइरहेको संसदिय चुनावका लागि क्षेत्रीय विस्तारित बैठक सम्पन्न भएको छ । बारा जिल्लाको क्षेत्र न १,२,३,र ४ "क " र "ख" प्रतिनिधि सभा सदस्य र प्रदेश सभा तथा पदका लागि आगामी मङ्सिर ४ गते हुने अम निर्वाचन चुनावका लागि उमेदवारका सम्भाबित नाम सिफारिस भएको छ ।
प्रतिक्रिया