Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वीरगंज हेल्थ केयरका संचालक र डा. अंसारी माथि कारबाईको माग गर्दै प्रदर्शन, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ

वीरगंज, ५ भदौ ।   वीरगंज हेल्थ केयरका संचालक र डा. अंसारी माथि कारबाईको माग गर्दै घन्टाघरमा प्रर्दशन, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रह...

वीरगंज, ५ भदौ ।  
वीरगंज हेल्थ केयरका संचालक र डा. अंसारी माथि कारबाईको माग गर्दै घन्टाघरमा प्रर्दशन, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गरिएको छ ।
वीरगञ्ज हेल्थ केयर हस्पिटलले उपचारमा लापरवाही गरेको भन्दै बिरामीका आफन्तजनले आज प्रदर्शन गरेका छन् । पर्साको छिपहरमाई गाउँँपालिका वडा नम्बर २ चेर्गाहा निवासी ३२ वर्षीय फिरोज मियाँँ अन्सारीको उपचारमा लापरवाही गर्ने अस्पताल र चिकित्सकलाई कारबाईको माग गर्दै बिरामीका परिवारले प्रदर्शन गरेका हुन् ।
वीरगञ्जको घण्टाघरमा विरोध प्रदर्शन गर्दै अस्पताल र शल्यक्रिया गर्ने चिकित्सक जेनरल तथा लेप्रोस्कोपिक सर्जन डा. आसीफ अंसारीको विरूद्धमा नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साको प्राङ्गणमा २ घण्टा धर्ना दिएका छन् ।
वीरगञ्ज हेल्थ केयर हस्पिटलका सञ्चालक डा. अबुलहैस अन्सारीलाई र शल्यक्रिया गर्ने चिकित्सक डा. आसीफ अन्सारीलई पक्राउ गरेर कारबाई गर्नुपर्ने उनीहरूको माग छ । 'वीरगञ्ज हेल्थ केयर हस्पिटल मुर्दावाद, डाक्टर होइन हत्यारा हो, डाक्टर आसीफलाई जेल गर' लगायतका नाराहरू लेखिएको ब्यानर बोकेर उनीहरू धर्नामा बसेका छन् ।
३ दिन अघि नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन गरेर चिकित्सक र अस्पताल सञ्चालकलाई पक्राउ गर्न माग गरेका उनीहरूले आइतवारदेखि धर्नामा बस्ने चेतावनी दिएका थिए । धर्नालाई निरन्तरता दिने र विरोधको स्वरूप परिवर्तन गर्दै जाने बिरामीका दाई मुम्ताज अन्सारीले बताए ।
गत साउन २६ गते सो हस्पिटलमा भर्ना भएका अन्सारीको पहिलो शल्यक्रिया डा. अन्सारीले नै असफल बनाएको र दोस्रो शल्यक्रियाका क्रममा भित्रि नसा काटिएर अनियन्त्रीत रक्तश्राव हुँदा विरामीको अवस्था झन विग्रीएको बिरामीका दाई मम्ताजले बताए । मम्ताजका अनुसार बिरामी फिरोजको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि अहिले काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।  
विरोध प्रदर्शनमा नेपाली कांग्रेस पर्साका नवीन सिंहलगायतको उपस्थिति थियो ।  

 width=Virus-free.www.avast.com

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content