समाजवादी प्रेस संगठन नेपाल बाराको प्रथम स्थापना दिवसमा प्रभातफेरी तथा सरसफाइ कार्यक्रम सम्पन्न ...
समाजवादी प्रेस संगठन नेपाल बाराको प्रथम स्थापना दिवसमा प्रभातफेरी तथा सरसफाइ कार्यक्रम सम्पन्न
कलैया ,भदौ १० गते । समाजवादी प्रेस संगठन नेपाल बाराको प्रथम स्थपना दिवसमा बाराको कलैयामा प्रभातफेरी एवं सरसफाइ कार्यक्रम गरेको छ । संगठनको बारा उपाध्यक्ष शारदा पोख्रेलको अध्यक्षतामा निकालिएको प्रभातफेरी भरतचौक परिक्रमा गरि नेकपा एकीकृत समाजवादि बाराको कार्यालयमा सभामा परिणत भएको थियो । भाद्र १० गतेका दिन समाजवादी प्रेस संगठन नेपालको स्थापना भएको अवसरमा पार्टी कार्यालयको सरसफाइ समेत गरिएको थियो । प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पार्टिको जिल्ला ससचिव धुर्व यादवले पत्रकारले समाजवादको लक्ष्य प्राप्तिका लागि कलम चलाउनु प्रने बताउनु भयो । तानाशाह केपि ओलिको हैकमवादी शैलिको विरुद्धमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टी बिभाजन गरेको स्मरण गर्दै भाद्र ९ एकीकृत समाजवादी पार्टिको स्थापना भएको आज एक बर्ष पूरा भएको बताउनु भयो । संगठन भित्र ईमानदार कर्तव्यबोध तथा पार्टीको सूचना सम्प्रेषण गरि कम्युनिस्टको बिचार र सिधाान्तलाई समृधी र लक्ष्य समाजवादको हुनु प्रने वहाले बताउनु भयो । प्रथम स्थापना दिवसको अवसरमा शुभकामना दिदै एकीकृत समाजवादीका महानन्द यादवले पार्टी भित्र सृढिकरण र प्रेस स्वतन्त्रताको लागि आवाज उठाउनु प्रने बताउनु भयो । प्रेस जगतले निश्पक्ष समाचार सम्प्रेषण गर्नु नै उनको धर्म रहेकोले समाजको ऎनाको रुपमा पत्रकार जगत बन्नुपर्नेमा जोड दिनु भयो । प्रेस संगठन नेपाल बाराको उपाध्यक्ष शारदा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराको कार्यसमिति सद्स्य दास पन्नाला , युवा संघ नेपाल कलैया नगर कमिटी अध्यक्ष हरिओम साह , सचीव जितेन्द्र साह लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन संगठनको जिल्ला सचीव नरेश गुप्ताले गर्नु भएको थियो ।


COMMENTS