Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बङ्गलादेश : पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि, विरोधमा नागरिक आन्दोलित

ढाका। पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आइतबार विशाल प्रदर्शनहरू भएका छन् । बङ्गलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढील...

ढाका। पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आइतबार विशाल प्रदर्शनहरू भएका छन् ।

बङ्गलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उसले तेलको बढ्दो मूल्यको कारण यूक्रेनमा जारी युद्ध भएको बताएको छ । तीव्र गतिमा अर्थतन्त्र विस्तार भइरहेको एशियाली मुलुकका हजारौँ नागरिकहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले देशमा आर्थिक सङ्कट देखा पर्न सक्ने भन्दै देशका विभिन्न शहरमा सडक प्रदर्शन गरिरहेका छन् ।

बङ्गलादेशमा अनपेक्षित रूपमा वृद्धि भएको इन्धनको मूल्यका कारण ८६ टाका अर्थात् ११५.२९ नेपाली रूपैयाँ प्रतिलिटरमा पाइने पेट्रोल १३० टाका अर्थात् १७४.२७ नेपाली रूपैयाँ पुगेको छ । त्यसैगरी यहाँ डीजल र मट्टितेलको मूल्य ४२.५ प्रतिशतले बढेको बताइएको छ ।

विश्वका अन्य धेरै मुलुकमा जस्तै रूसले यूक्रेनमा आक्रमण गरेपछि विश्वव्यापी रूपमा बढिरहेको इन्धनको मूल्यबाट बङ्गलादेश पनि प्रभावित भएको हो ।

यसैबीच ऊर्जामन्त्री नसरुल हमिदले मूल्यवृद्धि उच्च भएको तर विदेशमा नै इन्धनको मूल्य बढेपछि यसमा आफ्नो मुलुकले केही गर्न नसक्ने बताउनुभएको छ ।

सरकारले आर्थिक अव्यवस्था निम्त्याएको भन्ने आरोप अस्वीकार गर्दै उहाँले विगतमा मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले अनुदान दिएको तर अहिले मूल्य बढाउनुको विकल्प नभएको बताउनुभयो ।

उहाँले थप्नुभयो, ‘यदि निश्चित बिन्दुमा विश्वव्यापी मूल्य कम भयो भने हामी केही सम्बोधन गर्ने प्रयास गर्नेछौँ।”

गत हप्ता मूल्यवृद्धिको घोषणा गरिएपछि हजारौँ मानिसहरूले पेट्रोल पम्पबाहिर देशभरि प्रदर्शन गरेका थिए । श्रीलङ्काको झल्को दिएको उक्त प्रदर्शनका क्रममा मूल्यवृद्धि फिर्ता लिन माग गरिएको थियो ।एएफपी


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content