Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

नितिशकुमारद्वारा सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने प्रयास

पटना। जनता दल (युनाइटेड)का नेता नितिश कुमारले भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सात दलको समर्...

पटना। जनता दल (युनाइटेड)का नेता नितिश कुमारले भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेश गर्नुभएको छ ।

आफूलाई समर्थन प्राप्त सात दलको महागठबन्धनमा स्वतन्त्रसहित एकसय ६४ जना विधायक रहेका पत्रकारहरूलाई जानकारी दिँदै उहाँले राज्यपालसमक्ष मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्न आएको बताउनुभयो । उहाँका साथ आरजेडीका नेता तेजश्वी यादव पनि हुनुहुन्थ्यो ।

जनता दल युनाइटेड र आरजेडीको साझेदारीले दुईसय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जितन माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेका छन् । बिहार राज्य विधानसभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन् ।

नेता नितिश कुमारले आजै जनता दल युनाइटेडका नेता तथा विधायकहरूसँगको बैठकपछि भारतीय जनता पार्टीसँगको साझेदारी अन्त्य गर्नुभएको थियो । त्यसपछि उहाँले मुख्यमन्त्रीबाट राजीनामा दिएर राज्यपाल फागु चौहानसँग भेटका निम्ति समय माग्नुभएको थियो ।

आजै पूर्वमुख्यमन्त्री राबडी देवीको निवासमा आरजेडी नेतृत्वको विपक्षी गठबन्धनको बैठक भएको थियो । बैठकले तेजश्वी यादवलाई बिहारमा सरकार गठनबारे उपयुक्त निर्णय गर्न अख्तियारी दिएको थियो ।एएनआई


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content