श्री गढीमाई राष्ट्रिय दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

neelambads

युद्धको वेवास्ता गर्दै युक्रेनी कामदार खानीमा व्यस्त

955 SHARE:

युक्रेन। युक्रेनको निप्रोपेट्रोभ्स्क क्षेत्रको पाभ्लोग्राद शहर नजिकै ठूलो खानी छ । खानीको बाहिरी सतहमा रूसले युक्रेनविरूद्ध हानेका गोलाबारीको आवाजले मानिसहरू आक्रान्त छन् ।

युक्रेनको अग्रपङ्तीमा लड्ने सेनाभन्दा धेरै टाढा छैन गहिरो भूमिगत खानी । खानीमा श्रमिकहरूले जमिनभित्रका चर चर खोतलेर कोइला उत्खनन गर्ने कामदारहरू युद्धको वेवास्ता गर्दै खानीमा व्यस्त हुन बाध्य छन् । उनीहरूलाई खानीको सुरक्षाभन्दा खानीबाहिरको युद्धमा आफ्ना सहपाठीहरूको सुरक्षाको चिन्ताले सताउने गर्छ तर उनीहरू खानीमा काम गर्न बिवस छन् ।

मस्कोको सेनाले कीभ आक्रमणमा अपेक्षित सफलता पाउन नसकेपछि यो द्वन्द्व कृषि प्रधान दक्षिण र औद्योगिक, कोइलाले सम्पन्न डोनबास पूर्वमा सरेको छ ।

युक्रेन सोभियत संघको हिस्सा रहेकै समय ४३ वर्षअघि स्थापना भएको पाभ्लोग्राद शहरको बाहिरी भागमा रहेको एउटा खानीमा चार हजार कामदारहरूले पालो अनुसार आफ्नो समयमा काम गर्छन् ।

रुस समर्थक पृथकतावादीको गढ मानिएको डोनेट्स्कबाट १७० किलोमिटरको दूरीमा रहेको खानीमा काम गर्ने ओलेक्सान्डर ओक्सेनका अनुसार अग्रपङ्तीमा देशका लागि लडिरहेका सहकर्मीको सुरक्षाबारेमा पलपलमा विचारहरू आउँछन् । के गर्दै छन् उनीहरू ? कतै आक्रमणको निशानामा त परेनन् । परिवारका सदस्यहरू सकुशल छन् कि छैनन् ? कि शत्रुको आक्रमणबाट उनीहरूको इहलीला समाप्त त भएन ?

“हामी आत्मामा उनीहरूसँग छौं, तर आखिर, कोइला पनि कसैले उत्खनन गर्न आवश्यक छ,” ४२–वर्षीय खानी मालिकले भन्नुभयो ।

करिब ८०० जना कर्मचारी (श्रमिक) लाई १५० किलोमिटर पूर्वमा फैलिएको युद्धमा सैनिकको रूपमा सेवा गर्न बोलाइएको छ । खानीका अधिकारीहरू भने उत्पादन भने उस्तै रहेको बताउँछन् ।

जमिन सतहबाट, सुविधा भएका स्थानमा अक्सिजनको तह विश्वविद्यालय परिसरको जस्तो छ । विलो फ्रोन्ड (स्थानीय रूखका पात) हरू हावामा उड्छन् र कम्मरजति अग्लो विशाल चेसको सेटको छेउमा रहेको पानीको साना पोखरीमा तैरिन्छन् । तर खानीमा काम गर्ने कामदारका लागि ती वेकारजस्तो लाग्छ । किनकि उनीहरूलाई यसको आनन्द लिने फुर्सदै छैन । शत्रुहरूसँग लडिरहेका राष्ट्रवादी योद्धालाई पनि यसको के नै वास्ता छ र ।

खानीमा ३७० मिटर (१,२०० फिट) अस्थाई भ¥याङबाट तल ओर्लने क्रममा उनीहरूको फोक्सोले श्वासप्रश्वासमा कठिनाई भएको थाहा पाउँछ । खानीबाट कोइला निकाल्न चट्यान फोड्न गैँची, बेल्चा र घनका आवाज सुन्दा जोकोहीले पनि काममा व्यस्त कामदारले सहजरूपमा कोइलाको थुप्रो लगाउन सकेका छन् भन्ने लाग्दैन । तर, उनीहरू खानीमा रमाउँदै आफ्नो मातृभूमिप्रतिको जिम्मेवारी बहन गर्छन् र पारिवारिक कर्तव्य पूरा गर्छन् ।

चट्यान र धातुको आवाजले खानीमा कोलाहल छ । कोइला खानीको मुखमा नै पुग्दा काम गर्न कति कठिनाइहरू छन् सहजै कल्पना गर्न सकिन्छ ।

खानीमा छिर्दै जाँदा घामको न्यानो हराउँदै जान्छ र कालो धूलोले भरिएको हावा चलिरहेजस्तो देखिन्छ । भनिन्छ, खानीमा एउटा भूत छ जसले कामदारलाई सहयोग गर्छ, तर यहाँ पनि उनीहरूलाई युद्धको चिन्ताले सताइरहेको छ ।

खानीमा छिर्दाबित्तिकै फोनहरू समूहका ठेकदारलाई बुझाउनुपर्छ । खानी कर्मचारी तथा श्रमिकहरूले सतहमा भएका नवीनतम घटनाबारे बेलाबेला जानकारी गराउँछन् । उनीहरूले साथीहरू र परिवारको सुरक्षाको बारेमा मात्र थाहा दिइन्छ ।

“खानीबाट बाहिर निस्केपछि उनीहरूको पहिलो काम भनेको परिवार तथा आफन्तलाई फोन गरेर बास्तविक जानकारी लिने हुन्छ,” माइनिङ कम्प्लेक्सका निर्देशक भासिलले आफ्नो नाम प्रयोग नगर्न आग्रह गर्दै भन्नुभयो ।

साँघुरो सुरुङमा पैदल यात्रा गर्नुअघि चट्टानका भित्ताहरू फलामे धातुका पिंजडाहरूले समातेका छन् । सुरुङमा खसेपछि कामदारहरूलाई ३.६ किलोमिटर लामो रेलगाडीजस्तो साधनमा राखेर कोइला भएको क्षेत्रमा लगिन्छ र त्यहाँ उनीहरूले आफ्नो श्रम गर्न सुरू गर्छन् ।

सयौ कामदारले कोइला उत्खनन् गर्छन् । खानीभित्र जम्मा पार्छन र सजिलोमा मेसिन र असजिलो ठाँउमा भारी बोक्दै जमिनको सतहमा कोइला ल्याइन्छ , त्यहाँबाट कोइला प्लान्टतर्फ सवारी साधनमा हालेर कोइला पठाइन्छ ।

लम्बाइको साथ मा एक रैग्ड कन्वेयर बेल्ट चल्दछ जसले कोइलालाई ट्रलीहरू तिर गति दिन्छ जसले यसलाई लिफ्टमा लैजान्छ, त्यसपछि सतहतिर जहाँ यो पावर प्लान्टहरूमा पुर्याइन्छ ।

भित्रभित्रै ३३–वर्षीय भोलोदिमिर पालिएन्को मेसिनको चालसँगै कराउँदै दिनभर काम गर्दा उहाँको बोली नै अस्पष्ट जस्तो हुन्छ तर उहाँको दैनिकी कोइला खानीमा नै पसिना बगाएर बित्ने गर्छ । यो सबै उहाँको रोजीरोटी र परिवारको लागि मात्र नभइ देशको अर्थतन्त्रलाई मजबुत पार्नका लागि पनि भएको उहाँले बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ’हाम्रो देशमा जे भइरहेको छ, त्यसले सबैलाई असर गर्छ । “सबैका साथीहरू र परिचितहरू छन् जो एक न एक तरिकामा देशको उन्नतिका लागि सहभागी छन् ।


COMMENTS

 


thedesigners7
Name

news,1026,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,8,समाचार,7,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: युद्धको वेवास्ता गर्दै युक्रेनी कामदार खानीमा व्यस्त
युद्धको वेवास्ता गर्दै युक्रेनी कामदार खानीमा व्यस्त
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/08/20225700311_capture.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_27.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_27.html
true
8891381760893256154
UTF-8
अन्य अपडेटसहरु केही भेटिएन सबै हेर्नुहोस् विस्तृतमा पढ्नुहोस उत्तर Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy