Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै

धनुषा।भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक भदौ ११ गते जनकपुरधाम आउन लागेको छ । जयनगर–जनकपुर–कुर्था रेलमार्गमा नियमित रेलस...

धनुषा।भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक भदौ ११ गते जनकपुरधाम आउन लागेको छ ।

जयनगर–जनकपुर–कुर्था रेलमार्गमा नियमित रेलसेवा सञ्चालन भएपछि पहिलो पटक गत असार ९ गते करिब छ सयको सङ्ख्यामा भारतीय पर्यटक बोकेर आएको ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक पनि ठूलो सङ्ख्यामा भारतीय पर्यटक लिएर आउन लागेको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाको पहलमा रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलसेवामार्फत भारतीय धार्मिक पर्यटक दोस्रो पटक जनकपुरधाम आउन लागेका हुन् ।

भारतको राजधानी नयाँ दिल्लीलगायतका सहरबाट भारतीय पर्यटकलाई जनकपुरधामसम्मको यात्रा गराउने आफ्नो निरन्तरको पहलमा दोस्रो पटक भदौ ११ गते शनिबार ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आउन लागेको महाप्रबन्धक झाले जानकारी दिनुभयो ।

“पहिलो पटक जस्तै दोस्रो पटक पनि भारत गौरव पर्यटक रेल ठूलो सङ्ख्यामा भारतीय पर्यटकलाई लिएर आउने निश्चित भएको छ”, महाप्रबन्धक झाले भन्नुभयो, “हामी पर्यटकको स्वागतको तयारीमा जुटेका छौँ ।

अघिल्लो पटक जस्तै हामी भारतीय पर्यटकलाई भव्य स्वागत गर्छौँ ।” सो रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले बताउनुभयो ।

भारतीय राजदूतावासको समन्वयमा आउन लागेको सो ‘भारत गौरव पर्यटक रेल’मा करिब छ सयको सङ्ख्यामा भारतीय पर्यटक बोकेर आउने र सो दिन पर्यटकले जनकपुरधामको विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको महाप्रबन्धक झाको कथन छ ।

उक्त रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरूपी झल्को देख्न सकिने चित्र राखिएको छ ।

युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदास्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भूत रचनालाई प्रवद्र्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगलकालीन प्राचीन संरचनालगायत गुजरातमा अवस्थित स्टैच्यु अफ युनिटी, दिल्लीमा रहेको नेशनल बार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्विरले सजाइएको जनाएको छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content