काबुल। तालिबानले गत बर्ष शासन सम्हालेपछि अत्यधिक अफगानीहरू विदेश पलानन भएका संयुक्त राष्ट्रसंघीय अधिकारीले बुधबार बताएका छन् ।
अफगानिस्तान अहिले विश्वकै तेस्रो धेरै शरणार्थी जनसंख्या भएको र यस क्षेत्रको सबैभन्दा धेरै विस्थापित जनसंख्या भएको मुलुक बनेको छ ।
अफगानिस्तानबाट विश्वका ९८ देशहरूमा गरी २७ लाख मानिसहरूले शरणार्थी जीवन बिताइरहेका छन् ।
शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघीय ९यूएनएचसीआर० उच्चायुक्तको रिपोर्टअनुसार अफगानिस्तानमा विस्थापित नागरिकहरूको ठूलो जमात छ । विदेशमा शरण लिने जनसङ्ख्याको दृष्टिले सिरिया र भेनेजुएलापछि अफगानिस्तान तेस्रो स्थानमा रहेको छ ।
तालिबान समूहको शासनपछि अफगानिस्तानबाट सात लाख ८० हजार व्यक्ति इरानमा रहेको र उनीहरूले शरणार्थीका रूपमा त्यहाँ बसोबास गरिरहेको खामा प्रेसले जनाएको छ ।
खामा प्रेसका अनुसार अफगानिस्तानको विस्थापन संकट यूएनएचसीआरको सात दशक लामो इतिहासमा सबैभन्दा ठूलो र लामो संकट हो ।
शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्त फिलिप्पो ग्रान्डीको भनाइ उद्धृत गर्दै खामा प्रेसले लेखेको छ, “अहिले निर्वासनमा जन्मेका अफगान केटाकेटीहरूको तेस्रो पुस्ता पुगेको छ ।
सन् २०२१ मा मात्रै एक लाख ८० हजार अफगानीहरू पाकिस्तान, ५९ हजार जना यूरोप, २७ हजार जना इरान र छ हजार जना एसिया र प्रशान्त क्षेत्रमा शरण लिन पुगेका थिए ।
उहाँले भन्नुभयो, “झण्डै २४ लाख अफगानीहरूलाई भोकमरी, देशको आर्थिक मन्दी, बाढी, भूकम्प, खडेरी र अनिकाललगायत प्राकृतिक प्रकोप, विकास सहायताको अभाव र क्रुर चिसो हिउँदको कारण मानवीय उद्धारको आवश्यकता पर्दछ ।”
गत अगस्तमा तालिबानको कब्जापछि आश्रय खोज्दै छिमेकी राष्ट्रहरूमा उडेका धेरै अफगान शरणार्थीहरूसँग कानुनी कागजात वा भिषासमेत छैन ।
गत वर्ष अगष्टमा तालिवान सत्तामा फर्किएदेखि अफगानिस्तानमा गम्भीर मानव अधिकारको उल्लङ्घनले निरन्तरता पाइरहेको छ ।
यसअघि मानवअधिकार उच्चायुक्त ९एचसिएचआर० को प्रतिवेदनमा मिसेल बाचेलेटले अफगानिस्तानमा मानव अधिकारको अवस्थाबारे तयार पारेको रिपोर्टमा सन् २०२१ अगस्त १५ पछि कम्तीमा एक हजार १५६ जना नागरिकको मृत्यु भएको र अनगिन्ती घाइते भएका उल्लेख गर्नुभएको छ ।
रिपोर्टमा भनिएको छ,“शत्रुताको कमी भएका कारण निजामती हताहतमा कमी आएको देखिए पनि धेरै अफगानीका लागि मानवअधिकारको स्थिति निकै चिन्ताको विषय होे ।” संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले अफगानीहरूले विनाशकारी मानवीय तथा आर्थिक संकटहरूको सामना गरिरहेका र आधा जनसंख्या अत्यधिक भोकको चपेटामा परेका बताएका छन् ।
महिला र बालबालिकाको अधिकारको कुरा गर्दै बाचेलेटले तालिवान शासनले महिला अधिकार र स्वतन्त्रतामा कटौती गरेको बताएका छन् । आर्थिक संकट र नाकाबन्दीका कारण धेरै हदसम्म महिला रोजगारीबाट बाहिरिएका छन् । उनले तालिबान शासनलाई यस वर्ष केटा होस् वा केटी, सबै केटाकेटीका लागि स्कूलहरू खुल्नेछन् भन्ने आफ्नो प्रतिबद्धता पूरा गर्न आह्वान गरिन् ।
यसअघि युएनएचसीआरले युरोपेली संघलाई पाँच वर्षमा ४२ हजार ५०० अफगानीलाई स्वीकार गर्न आग्रह गरेको थियो तर यो अनुरोधलाई देशहरूले अस्वीकार गरेका थिए । तालिवानको पुनस्र्थापनासँगै ठूलो संख्यामा अफगानीहरु देश छोडेर भागे र उनीहरू अहिले धेरै छिमेकी देशहरूमा कमजोर जीवन अवस्था गुजारिरहेका छन् ।एएनआई
प्रतिक्रिया