Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

अवैध युरिया मल, सुर्ती र कपडा बरामद

कर्णाली । रत्न राजमार्गको नेपालगञ्ज–सुर्खेत सडकखण्डका विभिन्न चेकपोष्टबाट सुर्खेत प्रहरीले अवैध युरिया मल, सुर्ती र कपडा बरामद गरेको छ । जिल...

कर्णाली । रत्न राजमार्गको नेपालगञ्ज–सुर्खेत सडकखण्डका विभिन्न चेकपोष्टबाट सुर्खेत प्रहरीले अवैध युरिया मल, सुर्ती र कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेशको प्रमुख प्रवेशनाका भेरीगङ्गा नगरपालिका–५ सुर्खेत बबईस्थित अस्थायी प्रहरी पोष्टमा खटिएको प्रहरी टोलीले बर्दियादेखि सुर्खेततर्फ जाँदै गरेको भे१च २८८२ नम्बरको बलेरो जिप जाँच गर्दा कुनै पनि बिल नभएको २५ बोरा युरिया खाद मल फेला पारी बरामद गरेको हो ।

त्यस्तै भेरीगङ्गा–१२ सुर्खेत सल्लिचोकस्थित इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट खटिइगएको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको कप्र०२०१ख ०५८७ नंको फोर्स गाडीमा जाँच गर्दा बिल नभएको चार बोरा बेवारिसे सुपरपावर सुर्ती नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेतस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा३ख ४०९३ नंकोे फोर्स गाडी जाँच गर्दा उक्त गाडीमा बेवारिसे अवस्थामा रहेका तीनवटा जेब्रा झोलामा जम्मा ६३ पिस लेडिज कुर्ता सुरुवालको काँचो कपडा फेला पारी बरामद गरिएको छ ।

बरामद वस्तुको थप अनुसन्धान थालिएको छ । अवैध सबै वस्तु शुक्रबार राति १०ः०० बजेपछि बरामद गरिएको र नियन्त्रणमा लिएका सबै गाडी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ । रासस


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content