अजय यादव वियोगी
कलैया ,बारा ।
"बाराको देवताल गाउँपालिकामा खानेपानी तथा सरसफाइ सचेतना तालिम सम्पन्न "
बाराको १६ पालिकामा अहिले देवताल गाउँपालिका राम्रो काम गर्दै गएको छ ।विगतमम भ्रष्टाचारको अखडा बनेका देवताल गाउँपालिकामा अहिले विकासका गतिले तिव्रता पाएका छन ।स्वास्थ्य ,शिक्षा तथा कृषिमा बढी जोड दिएको देवताल गाउँपालिकाले खानेपानी तथा सचेतनामुलक तालिम सम्पन्न गरेका छन् ।देवताल गाउँपालिका वडा नम्बर -२ कल्यणवा स्वास्थ्य चौकीको प्राङ्गणमा भएको तालिममा गर्भवती अामाहरुको सुरक्षा हेतु पौष्टिक अाहार वितरण गरिएको छ ।देवताल गाउँपालिकाका अध्यक्ष उदय प्रसाद यादवले तालिमको उद्घघाटन गर्दै गर्भवती महिलालाइ हर्लिक्स तथा पौष्टिक अाहार वितरण गरेका छन् ।कार्यक्रममा ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत अधिवक्ता (Advocate ) वकिल प्रसाद पाल ,प्रशासन शाखा प्रमुख राजिव प्रसाद यादव ,समाजसेवी सुधिर कुमार यादव ,स्वास्थ्यका कर्मचारीहरुको विशेष उपस्थिति रहेको थियो । यस्ता कार्यक्रमले अाफूहरु खुश भएको स्थानीय महिलाहरुले बताएका छन् ।
प्रतिक्रिया