रौतहट । बाग्मती नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
गर्मी छल्न बाग्मती नदीमा नुहाउने क्रममा रौतहट दुर्गा भगवती गाउँपालिका–३ मत्सरीका १३ बर्षीय हर्ष झा र सोही गाउँपालिकाको वडा नम्बर २ भलोहियाका १३ बर्षीय आदित्य दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उनीहरू ज्ञानोदय इङ्लिस बोडिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन ।
त्यस्तै, सोही स्कुलमा अध्ययनरत ६ जना बिद्यार्थीहरु बिहीबार बाग्मती नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएकोमा आज उनीहरूको शव फेला परेको हो ।
आज बिहानैदेखि नदीमा उनीहरूको खोजी भइरहे पनि आज दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ देखि दक्षिणमा दासको र वडा नम्बर ५ बडहर्वा नजिक निर्माणाधीन पुल नजिक झाको शव भेटिएको हो ।
बिहीबारदेखि नै उनीहरूको खोजतलासमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनासहित स्थानीयहरू सक्रिय रहेका थिए ।
प्रतिक्रिया