Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

नागरिक उड्डयन प्राधिकरणको बजेट ४१ अर्ब बढी

काठमाडौँ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० का लागि रु ४१ अर्ब ८५ करोड ९२ लाख बजेट विनियोजन गरेको छ । प्राधिकरणले पत...

काठमाडौँ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० का लागि रु ४१ अर्ब ८५ करोड ९२ लाख बजेट विनियोजन गरेको छ । प्राधिकरणले पत्रकार सम्मेलन गरी प्राधिकरण सञ्चालक समितिको बैठकले पारित गरेको उक्त बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्राधिकरणको साउन ८ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बैठकले आगामी आवको बजेट स्वीकृत गरेको गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा सम्पन्न पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले पहिलो पटक पोखरा विमानस्थलमा सञ्चालक समितिको बैठक राखेर बजेट तथा कार्यक्रम बनाएको बताउनुभयो । उहाँले आवको सुरुमै बजेट पारित भएकाले पूँजीगत खर्च र प्राधिकरणले गर्नुपर्ने विकास खर्च सहज र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्राधिकरणको बजेटले विमानस्थलको पूर्वाधार विकास, विमानस्थल सञ्चालन, उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण लगायतका काम बजेटको प्राथमिकतामा राखेको छ । उक्त प्रयोजनका लागि प्राधिकरणले रु २६ अर्ब ८२ करोड पूँजीगततर्फ बजेट विनियोजन गरेको छ ।

प्राधिकरणको कूल बजेटमा आम्दानी रु १४ अर्ब ३२ करोड रहेको छ । सरकारको ऋण तथा शेयर रु १२ अर्ब २४ करोड छ । नेपाल सरकारबाट प्राप्त हुनुपर्ने रु ८६ करोड, २०७९ जेठसम्म बढी भुक्तानी भएको मूल्य अभिवृद्धि कर नेपाल सरकारबाट फिर्ता पाउनुपर्ने तीन अर्ब एक करोड छ ।

प्राधिकरणले विशेषगरी विमानस्थलको पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको काम सुरु गरिने प्राधिकरणले जनाएको छ । आगामी पाँच वर्षमा भवन निर्माणको काम सम्पन्न हुनेछ । उक्त भवनको लागत करिब रु ६० अर्ब अनुमान गरिएको छ । भवन निर्माण प्रक्रिया छिट्टै सुरु गरिनेछ । प्राधिकरणको आन्तरिक स्रोतबाट टर्मिनल भवन बनाइने महानिर्देशक अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै चालु आर्थिक वर्षमा ६ वटा विमानस्थलमा आन्तरिक टर्मिनल भवन निर्माणको काम सुरु गरिनेछ । प्राधिकरणका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण सुरु गरिनेछ । त्यस्तै विराटनगर, रामेछाप, भरतपुर नेपालगञ्ज र महेन्द्रनगरमा नयाँ आन्तरिक टर्मिनल भवन बनाइनेछ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content