वीरगंज, २२ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई ठगी गर्ने एकजनालाई पक्राउ गरेको जनाएको छ । ...
वीरगंज, २२ असार ।
जिल्ला प्रहरी कार्यालय, पर्साले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई ठगी गर्ने एकजनालाई पक्राउ गरेको जनाएको छ ।
छिपहरमाई गाउँपालिका वडा नं. ३ घर भई वीरगञ्ज म.न.पा.वडा नं. १६ मा डेरा गरी बस्ने वर्ष ३४ को नवलकिशोर साह कानुले सर्वसाधारण व्यक्तिहरूसँग वैदेशिक रोजगारीमा फ्रि टिकट, फ्रि भिसा विदेश पठाइ दिन्छु भनी प्रलोभनमा पारी झुक्याएर मेडिकल गर्ने बहानामा विभिन्न व्यक्तिसँग पच्चिस हजार देखि दुर्ई लाख सम्मको रकम ठगेको प्रहरीको दावी छ । उनले आफ्नो नागरिकता प्रयोग नगरी अरू व्यक्तिको नागरिकताको प्रतिलिपि प्रयोग गरी आइएमई मार्फत आएको रकम झिकिरहेको जाहेरी आधारमा असार १९ गते डेराबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनको डेराबाट नेरू तीन लाख र भारु १ लाख ४८ हजार नगद र कागजातसहिरू सहित नियन्त्रणमा असार २० गते ठगी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन पाँच म्याद लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिप्रका, पर्साले जनाएको छ ।
COMMENTS