Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

भारतीय उपराष्ट्रपति निर्वाचन : पूर्वमन्त्री मार्गरेट अल्वा विपक्षीको उम्मेदवार

नयाँ दिल्ली। भारतीय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मार्गरेट अल्वा अगस्त ६ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि विपक्षीको संयु...

नयाँ दिल्ली। भारतीय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मार्गरेट अल्वा अगस्त ६ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि विपक्षीको संयुक्त उम्मेदवार बनेका छन् ।

एनसीपी प्रमुख शरद पवारले भने, “भारतको उपराष्ट्रपति पदका लागि विपक्षीको उम्मेदवार मार्गारेट अल्वा हुने निर्णय भएको छ ।”

भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले पश्चिम बंगालका गभर्नर जगदीप धनखर उपराष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार हुने कुरा बताएको एक दिनपछि उक्त घोषणा भएको हो ।

आइतबार एनसीपी प्रमुख शरद पवारको निवासमा आयोजित बैठकपछि विपक्षी नेताहरूले उनको नाम टुंगो लगाएका हुन् ।

बैठकमा कांग्रेस, टीएमसी, सीपीआईएम, आरजेडी, एसपीलगायत प्राय प्रमुख विपक्षी दल सहभागी थिए । उपराष्ट्रपतिको उम्मेदवारमा प्रस्तावित अल्वाले यसअघि राजस्थानको राज्यपालको रूपमा सेवा गरेकी थिइन् ।

मार्गरेट अल्वालाई ४२ वर्षको उमेरमा केन्द्रीय मन्त्री बनाइएको थियो । अल्वाको जन्म सन् १९४२ मा मंगलौरमा भएको थियो । उनी पूर्व मद्रास प्रेसिडेन्सीको विभिन्न भागमा हुर्किएकी थिइन् ।

भारतीय निजामती सेवाका एक सदस्यकी छोरी विवाहपछि अल्वा परिवारमा जाडिएकी हुन् ।

अल्वाले प्रधानमन्त्री इन्दिरा गान्धी, राजीव गान्धी र नरसिंह रावको अधीनमा रहेर धेरै जिम्मेवारी सम्हालेकी थिइन् ।

निर्वाचन आयोगले सन् २०२२ अगस्ट ६ मा भारतको १६ औं उपराष्ट्रपतिको निर्वाचन हुने कार्यक्रम यस पहिले नै सार्वजनिक गरिसकेको छ ।एएनआई


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content