सन्दिप प्रसाद यादव
कलैया ,बारा
"बाराको कलैया उपमहानगरपालिका -६ विधानगर भनिने सरस्वती टोलमा विधुत्त सर्ट भई आगलागी
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -६ विधानगर टोल भनिने सरस्वती टोलमा दिउँसो २ बजेको करिबमा विधुत्त सर्ट भई अागलागी भएको छ ।तर भौतिक तथा मानवीय क्षति भएको छैन ।घण्टौ अागलागी भएको भएपनि कुनै किसिमको धनमालको क्षति नै नभएको स्थानीयबासीले बताएका छन् ।नेपाल विधुत्त प्राधिकरण कारण लापरबाहीले अागलागी भएको समेत स्थानीयबासी कृष्णा गुप्ताले बताउनुभयो ।अागलागी दिउँसो भईरहेको बेला त्यहाँ पुग्दा माहौलमा नै त्रास फैलिएको अर्का स्थानीयबासी मौजेलाल साह गोढले बताउनुभयो ।अागलागीले पोलको सबै तार जल्नुको साथै वाईफाई तथा अन्य तार जलेर नष्ट भएको छ ।कलैयाको पावर हाउस भन्दा १ किलोमिटरको दुरीमा मात्र अागलागी भएको हो ।अागलागी हुनुको मुख्य कारण विधुत्तको भार बढेकोले त्यस्तो भएको जानकारहरुले बताएका छन् ।
प्रतिक्रिया