स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बाराको देवताल गाउँपालिकामा भएको ८ अौँ गाउँसभाबाट अा.व.२०७९ /०८०को निति तथा कार्यक्रम र बजेटमा ३५ करोड १४ लाख २५ हजार पारित,अध्यक्ष उदय प्रसाद यादवले देखाए ठूलो त्याग ,ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालको अहम् भूमि

SHARE:

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बाराको देवताल गाउँपालिकामा भएको ८ अौँ गाउँसभाबाट अा.व.२०७९ /०८०को निति तथा कार्यक्रम र बजेटमा ३५ करोड १४ लाख २५ हजार पारित,अध्यक्ष उदय प्रसाद यादवले देखाए ठूलो त्याग ,ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालको अहम् भूमि "



"समृद्ध गाउँपालिका ,खुशी गाउँवासी" भन्ने मुल नाराका साथ बाराको देवताल गाउँपालिकाको ८ अौँ गाउँ सभा देवताल गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवको अध्यक्ष्ातामा सम्पन्न भएको छ ।स्थानीय सरकारले  ल्याउनुपर्ने योजना , निति तथा बजेट देवताल गाउँपालिकाको अा.व.२०७९/०८०  को लागि कुल रकम  पैतिस करोड ,चौध लाख २५ हजार (३५,१४ ,२५, ०००)को बजेट पारित भएको छ ।गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले बजेट प्रस्तुत गरेका हुन ।उद्घघान सत्रको क्रममा गाउँपालिकाकि उपाध्यक्ष सितापति देवी यादव ,ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल ,समाजसेवी ,बुद्धिजीवी ,पत्रकार ,शिक्षक ,जनप्रतिनिधि ,देवताल गाउँपालिकाबासीको उल्लेख मात्रामा सहभागिता रहेको थियो ।उद्घघान सत्रमा नै बोल्नुहुदै गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले अाफू जनताको शासक नभई सेवक भएकोले उपाध्यक्ष सितापति देवी यादवले बारम्बार गाडीको लागि दबाब दिदै अाएकोमा अाजबाट नै मैले चढने गाडी उपाध्यक्षलाई दिने घोषणा गरेका छन् ।यति ठुलो त्याग गर्ने गाउँपालिका अध्यक्ष बारा जिल्लामा  नभई देशमा नै कम नै  अध्यक्ष रहेका तथा जनताको सेवाको लागि प्रतिबद्ध भएर लाग्ने गाउँपालिका अध्यक्ष एवम् युवा नेता यादवले बताउनुभयो ।विगतको चुनावमा बारामा अध्यक्ष र उपाध्यक्षको लागि विवाद हुँदै अाएको सम्झना गर्दै पालिका अध्यक्ष यादवले देखाएको साहस र त्याग सराहनीय योग्य रहेको जनप्रतिनिधिहरु समेत छक्क परेका छन् ।गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले चढदै गरेको बा २ झ ३९७३ नम्बरको सफारी उपाध्यक्षलाई दिनेपछि घोषणा लगत्तै जनप्रतिनिधिहरु देखि लिएर सबै छक्क समेत परेका छन् ।अाफू मोटरसाइकलमा भए चढेर जनतालाई खुश पार्ने तथा ८ अौँ गाउँसभाको मुल नारा समृद्ध गाउँपालिका ,खुशी गाउँबासी भन्ने नारा सफल बनाउनका लागि कहि कतैबाट विवाद नहुन दिन्न यूवा नेता एवम् गाउँपालिका अध्यक्ष यादवले त्याग गरेका छन् ।यति ठूलो त्याग गर्न सफल अध्यक्ष यादवलाई देवताल गाउँपालिकाका ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालको अहम् भूमिका रहेका छन् ।सुरु देखि नै प्रमुख प्रशासकीय अधिकृत पालले जनताको काममा कहिकतै अाँच अाउन नदिन अाफू प्रतिबद्धताको लागि रहँदा गाउँपालिका अध्यक्ष यादवले उपाध्यक्ष सितापति यादवलाई गाडी दिने घोषणा गरेर ठूलो काम समेत गरेको प्रमुख प्रशासकीय अधिकृत पालले बताउनुभयो ।बारामा नभई देशमै देवताल गाउँपालिकाको नाम गर्ने गरि नीति ,योजना र बजेट अाएको समेत प्रमुख प्रशासकीय अधिकृत पालले बताउनुभयो ।देवताल गाउँपालिकाले बन्द सत्र गरि नीति ,कार्यक्रम तथा बजेट बहुमतका साथ पारित गरेका छन् ।लामो समय र कसरत पश्चात् राम्रा -राम्रा योजना राख्न सफल भएका छन् ।कृषि ,शिक्षा र स्वास्थ्यमा देवताल गाउँपालिकाले विशेष जोड दिएका छन् ।कृषि सिंचाईका लागि देवता गाउँपालिकाले नि:शुल्क मिटर उपलब्ध गराउने ,माछा पोखरी खन्ने किसानलाई संघिय सरकार र प्रदेश सरकारले दिने रकम भन्दा प्रति कठ्ठा २ हजारको दरले गाउँपालिकाले उपलब्ध गराउने ,एक घर ,एक करेसबारी नारालाई सकार पार्ने ,किसानलाई समयमै बीउ ,मलखाद तथा सिंचाईका बोरिङ समेत उपलब्ध गराउने कार्यक्रम पारित भएको छ ।त्यस्तै शिक्षामा एसईईमम टपर गर्नेलाई छात्रवृत्ति प्रदान गर्ने ,माध्यमिक विधालयमा अंग्रेजी ,विज्ञान र गणित बिषयको शिक्षकको व्यवस्था गर्ने ,एक विधालय तथा एक नर्स कार्यक्रम लागू गर्ने ,सामुदायिक विधालयबाट SEE मा A Grade ल्याउने छात्रछात्रालाई ल्यापटप दिने जस्ता महत्वअांकाक्षी योजनाहरु रहेका छन् ।स्वास्थ्य तर्फ सबैभन्दा पहिला देवताल गाउँपालिकामा खटिने स्वयंसेविकाहरुलाई नेपाल सरकारले दिदै अाएको सेवा ,सुविधा बाहेक देवताल गाउँपालिकाबाट थप २ हजार मासिक रुपले उपलब्ध गराउने   योजना पारित गरेका छन् ।बहुक्षेत्रिय कार्यक्रमलाई निरन्तरता ,ल्याबको व्यवस्था , देवताल गाउँपालिकाको बर्थिङ सेन्टरमा नवजात शिशुलाई जन्म दिने अामालाई प्रोत्साहन स्वरुप थप ५०प्रतिशत रकम उपलब्ध गराउने भएका छन् ।यस्तै खानेपानी तथा सरसफाइ ,युवा तथा खेलकुद ,रोजगार व्यवस्थापन ,पुर्वाधार विकास ,वातावरण तथा विपद व्यवस्थापन तथा सामाजिक विकास तर्फ गाउँपालिकाले जोड दिएका छन् ।८ अौँ गाउँसभाबाट पारित भएका योजना कार्यान्वयन गर्न अाफूहरु कटिबद्धका साथ लागि रहने वडा नम्बर -१ का वडाध्यक्ष अरुणकुमार सिँहले बताउनुभयो ।विगतमा जे -भयो त्यो अहिले देवताल गाउँपालिकामा नयाँ उदयको उदय भएको छ ।विकासमा देवतालले फड्को मार्ला यसमा कुनै किसिमको शंका ,उपशंका नगर्न देवताल गाउँबासीसँग वडा नम्बर -१ का वडाध्यक्ष सिँहले अाग्रह गरेका छन् ।समग्रमा योजनाहरु अाए तर लागू हुन कति सहज भईरहेको छ ,त्यसमा भर पर्ने वडा नम्बर -७ का वडाध्यक्ष सतेन्द्र प्रसाद यादवले बताउनुभयो ।यसअघि मैले वडाध्यक्षमै नै थिए अाकर्षक योजनाहरु अाएपनि पछि समस्या खडा हुने गरेको अनुभव समेत अाफूसँग नै रहेको वडा नम्बर -७ का वडाध्यक्ष यादवले बताउनुभयो ।बजेट राम्रो अाए तर नीति ,योजनाले कतिको सहजता पुर्व काम गर्न सफल भईरहेको हो त्यसमा नै भर पर्ने देवताल गाउँपालिकाका स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरुले बताएका छन् ।जोशले भरिएका अध्यक्ष अाएका हुन समग्र रुपमा नै विकास हुनेमा अाफू अाशावादी रहेको देवताल गाउँपालिकाका सामाजिक अभियन्ता धुपलाल सहनीले बताउनुभयो ।अहिले देवताल गाउँपालिकाका स्थानीयबासीले अहिले अध्यक्ष उदय प्रसाद यादवसँग धेरै अपेक्षा समेत राखेका छन् ।गाउँसभामा सबै जनप्रतिनिधिहरु ,कर्मचारीहरु ,सुरक्षा निकायका प्रमुखहरु ,सञ्चारकर्मीहरु  तथा अन्य सबै सरोकारवालाहरुको विशेष उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन योजना तथा प्रशासन शाखा प्रमुख राजिव यादवले गरेका थिए।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बाराको देवताल गाउँपालिकामा भएको ८ अौँ गाउँसभाबाट अा.व.२०७९ /०८०को निति तथा कार्यक्रम र बजेटमा ३५ करोड १४ लाख २५ हजार पारित,अध्यक्ष उदय प्रसाद यादवले देखाए ठूलो त्याग ,ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालको अहम् भूमि
बाराको देवताल गाउँपालिकामा भएको ८ अौँ गाउँसभाबाट अा.व.२०७९ /०८०को निति तथा कार्यक्रम र बजेटमा ३५ करोड १४ लाख २५ हजार पारित,अध्यक्ष उदय प्रसाद यादवले देखाए ठूलो त्याग ,ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालको अहम् भूमि
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg3SNPP8HhxkRjrjSY0--RNY7m6-lqmZmHAPIRVKTP8GMqMfz0BZqonPoycynwpeFrH6J4w6swGx4rtONJS3oXbj9uMHakVV2l2eIfSp6XZ2LxCmHO42yq9AzjotFweSibYelfexVP5D_sVWJ7muGfP8TI4Sfd7IZglTqSUV2IwpyLpb8Qp0C4jw-m5nA/s320/Screenshot_20220623-062953.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg3SNPP8HhxkRjrjSY0--RNY7m6-lqmZmHAPIRVKTP8GMqMfz0BZqonPoycynwpeFrH6J4w6swGx4rtONJS3oXbj9uMHakVV2l2eIfSp6XZ2LxCmHO42yq9AzjotFweSibYelfexVP5D_sVWJ7muGfP8TI4Sfd7IZglTqSUV2IwpyLpb8Qp0C4jw-m5nA/s72-c/Screenshot_20220623-062953.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/06/blog-post_85.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/06/blog-post_85.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content