Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीउवासंघको टोलीद्वारा मन्त्री र कुलमान घिसिंगसंग भेट

वीरगंज, ९ असार ।  वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भ...

वीरगंज, ९ असार । 
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गसँग छुट्टाछुट्टै उहाँहरूकै कार्यकक्षमा भेटघाट गरेको छ ।
भेटघाटको क्रममा सङ्घका अध्यक्ष डा. गुप्ताले विद्युत उत्पादन र प्रभावकारी वितरण व्यवस्था नभएकोले मुलुकभर विद्युत आपूर्तिमा समस्या आइरहेको बताउनुभयो । बारा–पर्सा औद्योगिक कोरिडोरमा विद्युतको घोषित लोडसेडिङ्ग हटे पनि नियमित विद्युत आपूर्ति हुन नसकेको र प्राप्त विद्युतको गुणस्तर कमजोर भएकोले औद्योगिक उत्पादनमा नकारात्मक प्रभाव परिरहेको उहाँले बताउनुभयो ।
उहाँले बारा–पर्सा औद्योगिक कोरिडोरको विद्युत वितरण प्रणाली करिब २०–२५ वर्ष पुरानो रहेको र त्यस बेलाको तुलनामा अहिले विद्युत माग बढेको, नयाँ नयाँ ठूला उद्योग स्थापना भएको, ग्राहस्थ विद्युत खपत दर बढेको, प्राधिकरणको बढी विद्युत खपत गराउने नीति अनुसार इनडक्शन चुल्हो, विद्युतीय सवारी साधनको वृद्धिसँग विद्युत खपत बढेको भए पनि सो अनुसार आपूर्तिको लागि वितरण लाईनको क्षमता कम भएको, ट्रान्सफर्मरको कमी रहेको, दक्ष जनशक्तिको कमी र व्यवस्थापकीय कमजोरीका कारण उद्योगी व्यवसायीहरूलाई गुणस्तरीय विद्युत आपूर्ति हुन नसकिरहेकोबाट मुलुकलाई अरबौं क्षति भएको बताउनुभयो ।
त्यस्तै तराई क्षेत्रमा विद्युतको लाईनको लागि सिमेन्टको पोल जमिनमा गाड्दा जरामा ढलान गर्ने नगरिएको कारण पोल ढल्कने, तारहरू लतरिने र समय समयमा दुर्घटना समेत हुने गरेकोले पोल गाड्दा जरामा ढलानको व्यवस्थापनसँगै गर्न सुझाव दिनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले विगतका केही दिनदेखि विद्युत आपूर्तिमा भइरहेको टिपिङ्ग र नियमित आपूर्तिमा देखिएको समस्याप्रति आपूm गम्भीर रहेको बताउनुभयो । उहाँले औद्योगिक फिडरहरूमा गुणस्तरीय ट्रिपिङ्ग समस्या समाधान गर्न नियमित विद्युत आपूर्ति गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिई सकेको बताउनुभयो । नेपाल विद्युत प्राधिकरणले पुराना ट्रान्सफर्मरहरूलाई मर्मत सम्भार गर्नुपर्ने, नयाँ ट्रान्सफर्मर जडान गर्नुपर्ने, विद्युत लाईन नपुगेका स्थानमा प्रसारण गर्दै जानुपर्ने भएकोले प्राधिकरणको सहकार्यमा यस्ता कार्य अघि बढाई रहेको बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले प्राधिकरणले आन्तरिक स्रोत साधनबाट कार्य सञ्चालन गर्दै आइरहेको र नेपाल सरकारबाट पर्याप्त बजेट प्राप्त हुन नसकेकोले प्राधिकरणका परियोजनाहरू तीव्र गतिमा अघि बढ्न नसकेको बताउनुभयो । प्राधिकरणबाट ५० अर्बको विद्युत सम्बन्धी परियोजना बारा–पर्सा क्षेत्रमा नै भइरहेको बताउनुभयो । उहाँले हेटौंडामा रहेको ४५ के.भी.को ट्रान्सफर्मर बिग्रि राखेकोले सोको मर्मत सम्भारको कार्य भइरहेको र नयाँ ट्रान्सफर्मर थप्ने प्रक्रियामा रहेको बताउनुभयो । उहाँले प्रसौनीमा ठूलो सब–स्टेशन स्थापनाको लागि प्राधिकरणले करिब ३ बिघा जग्गा लिई सकेको र सो सब–स्टेशनको निर्माण कार्य चाँडै आरम्भ गरिने बताउनुहँदै सो सब–स्टेशन निर्माण भए पछि सो सब–स्टेशन मार्पmत् वीरगञ्ज र पोखरिया वितरण केन्द्रसम्म विद्युत प्रसारण गर्न सहज हुने बताउनुभयो । पिलुवामा रहेको सब–स्टेशनलाई १३३ के.भी.मा अपग्रेड गरिने बताउनुभयो । वन प्रशासन लगायत विभिन्न निकायहरूको हस्तक्षेपका कारण प्राधिकरणले स्वतन्त्र रूपले काम गर्न नसकेबाट समस्या आइरहेको बताउनुभयो ।
भेटघाटका क्रममा सङ्घका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायतको उपस्थिति रहेको थियो ।
 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content