Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको बारागढी गाउँपालिका खोपवा बाराले आज आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम को बजेट सार्वजनिक

 दिपेन्द्र जयसवाल,बारा असार १० गते । बाराको बारागढी गाउँपालिका खोपवा बाराले आज आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७९...

 दिपेन्द्र जयसवाल,बारा

असार १० गते ।


बाराको बारागढी गाउँपालिका खोपवा बाराले आज आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ ।  गाउँपालिकाको सभाहलमा गाउँपालिकाको दोस्रो गाउँ सभाको पहिलो अधिवेशन सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालको अध्यक्षतामा भएको सो गाउँ सभामा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले व्यक्त गरेका थिए । सो गाउँ सभामा आर्थिक वर्ष २०७९/०८०को लागि गाउँपालिकाकी उपाध्यक्ष एवम् योजना तर्जुमाकी संयोजक लक्ष्मी देवी रायको अनुमतीमा वडा नं.३को वडा सदस्य सुरेश रामले आर्थिक वर्ष २०७९/०८० को बजेट गाउँ सभा समक्ष प्रस्तुत गर्नु भएको थियो । कुल ४० करोड १७ लाख ६० हजार ५ सय पचाँस रूपैयाँ बजेट गाउँ सभा समक्ष सार्वजनिक गरिएको हो । चालु तथा प्रशासनिक खर्च तर्फ ८ करोड ६० लाख ७९ हजार ५ सय साठी रहेको छ I भने पुजीगत तर्फ कार्यालय सञ्चालन तथा विकास निर्माण समेत गरि जम्मा १४ करोड ६२ लाख र संघीय सरकारबाट जुन कार्यक्रममा नेपाल सरकारले बजेट विनियोजन गरेको छ,सोही क्षेत्र गर्नु पर्ने भएकोले सशर्त अनुदान तर्फ १४ करोड ५१ लाख,समपूरक अनुदान ४० लाख तथा विशेष अनुदान गरि ३४ करोड ६२ लाख ६७ हजार साथै प्रदेशको समपूरक सशर्त र विशेष अनुदान गरि २ करोड ३६ लाख ८१ हजार जम्मा खर्च समेत ४० करोड १७ लाख ६० हजार ५ सय पचाँस रूपैयाँ रहेको छ । नेपाल  सरकारद्धारा अन्तर सरकारी वित्तीय


हस्तानान्तरण अन्तर्गत विभिन्न बिषयगत शाखा कृषि,पशु,शिक्षा र स्वास्थ्य माथिबाट तय भई आएमा सशर्त अनुदान १४ करोड ५१ लाख जस्ताको त्यस्तै सम्बन्धित क्षेत्रमै खर्च गर्नु पर्ने भएकोले सो तर्फ कुनै आयोजना कार्यक्रम आयोजना बनाई राख्नु परेन I साथै नेपाल सरकार तथा प्रदेश सरकारद्धारा प्राप्त भएको विशेष समपूरक र सशर्त अनुदानहरूमध्ये योजना छनोट भई आएमा सोही आयोजना खर्च गरिने गाउँपालिकाद्धारा जारी गरिएको बजेटमा उल्लेख छ  । सो कार्यक्रममा वडा नं १ को वडा अध्यक्ष सुरेश प्रसाद चौधरी,वडा नं.२ को वडा अध्यक्ष जोगिन्द्र साह,वडा नं ३ को वडा अध्यक्ष उमेश प्रसाद साह,वडा नं.४ को वडा अध्यक्ष पन्नालाल साह,वडा नं.५ को वडा अध्यक्ष मनेजर चौधरी,वडा नं.६ को वडा अध्यक्ष निरज कुमार साह गाउँकार्यापालिका सदस्य,वडा सदस्य,वडा सचिव,गाउँपालिकामा कार्यरत विभिन्न कार्यालयका प्रमुखहरू लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो I भने कार्यक्रमको सञ्चालन लेखा अधिकृत अजय चौधरीको रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content