बारा, ३० जेठ । २०७९।०२।२९ गते राति साढे दश बजे बारा महागढीमाइ न.पा.८ थलही पुल स्थित हुलाकी राजमार्ग सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दुईजना घाइते भएको र उपचारको क्रममा मृत्यु भएको छ ।
बरियारपुरबाट लंगडाचोक तर्फ जांदै गरेको प्र.०२–०३–००४प. ७९३४ न.को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुदा पुल भन्दा २५ फिट तल खसेको थियो । मोटरसाइकलमा सवार दुवैजना गम्भीर घाइते भएपछि उपचारको लागि कलैया अस्पताल पठाइएको थियो । अस्पतालमा उपचारको क्रममा दुवै जना घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बारा सुर्वण गा.पा.वडा नं. ७ सनफुल्वा टोल बस्ने हिरा लाल राय यादवको छोरा वर्ष ३५ को बिरू लाल यादव, र भारत मोतिहारी पुर्वि चम्पारण समरपुर वडा नं. २ मा बस्ने बाबुलाल यादव को छोरा वर्ष ३० को मेवा चन्द्र राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
प्रतिक्रिया