अजय यादव वियोगी
कलैया ,बारा ।
बाराको सुवर्णगाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजेश प्रसाद यादवको वडा नम्बर -१मा १००६ मत ,वडा नम्बर-२मा ६५२ गरि १६५८ मत र हालै वडा नम्बर-३ मा गन्ती भईरहेको अवस्थामा ४९० मत प्राप्त गरि कुल २१४८ मत ल्याई अग्र स्थानमा कायममै , निकटतम प्रतिद्वन्द्वी जसपाका महेन्द्र प्रसाद यादवको वडा नम्बर -१ मा ४८१ मत ,वडा नम्बर -२ मा ५९५ मत गरि १०७६ र हालै गन्ती भईरहेको वडा नम्बर -३ मा २९२मत प्राप्त गरि कुल १३६८ मत ल्याई पछ्याई रहेको अवस्था रहेको छ ।अध्यक्ष पदमा राजेश प्रसाद यादव ७८० मत भन्दा अगाडि रहेका छन ।नेपाली काँग्रेसको गढ मानिने वडा नम्बर -४को पनि गणना केहीबेरमै हुने भएको छ ।अध्यक्ष पदमा राजेश प्रसाद यादव भारि मतले विजयी हुने अांकलन बुद्धिजीवीहरुले गर्न थालेका छन् ।जसपाबाट अध्यक्ष पदका उम्मेदवार महेन्द्र प्रसाद यादव पुर्व गाउँपालिका अध्यक्ष समेत हुन ।तर वडा नम्बर -२ मा घर भएका जसपाका उम्मेदवार महेन्द्र प्रसाद यादवभन्दा नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार राजेश प्रसाद यादव ५७ मत बढी ल्याएका छन् ।विगतभन्दा अपेक्षाअनुसार नै नेपाली काँग्रेसको मत अाएको सुवर्ण गाउँपालिकाका जानकारहरुले बताएका छन् ।
प्रतिक्रिया