अजय यादव वियोगी
कलैया,बारा ।
स्थानीय चुनावसँगै अहिले नतिजाको पर्खाइमा अधिकाँश शुभेच्छुक तथा समर्थक लागि परेका छन् ।मतगणना भईरहेको ठाउँमा अधिकाँश बाहिरको माहौल हेर्ने लायकको भएको छ ।बाराको सुवर्ण गाउँपालिकामा नेपाली काँग्रेसको शानदार विजयी हुने संकेत देखिएको छ ।वडा नम्बर-१ बाट नेपाली काँग्रेस ले पुरै प्यानल सहित शानदार विजय हासिल गरेका छन् ।नेपाली काँग्रेसका रामविध्या प्रसाद यादव ६७९ मत ल्याई वडाध्यक्ष पदमा विजयी हुनुभएको छ ।वहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ,नेपालका हरिश्चन्द्र प्रसाद सिँहले ६०१ मत प्राप्त गरेका छन् ।निकटतम प्रतिद्वन्द्वी सिँहभन्दा ६८ मत बढी ल्याई रामविध्या प्रसाद यादव वडाध्यक्ष पदमा विजयी हुनुभएको छ।त्यस्तै नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवारले ३१६ मत ,नेकपा माअोवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवारले ९३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सुवर्णले जानकारी दिएका छन् ।त्यस्तै वडा नम्बर -१ मा नेपाली काँग्रेसका महिला वडा सदस्यले ७२८ मत ,दलित महिला सदस्य ७१९ मत ,पहिलो सदस्यले ७०३ मत र दोस्रो सदस्यले ७०८ मत प्राप्त गरेको निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।
प्रतिक्रिया