Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

घण्टाघरदेखि माइस्थानसम्म सडक निर्माण गर्ने मेयर सिंहको पहिलो निर्णय

  घण्टाघरदेखि माइस्थानसम्म सडक निर्माण गर्ने मेयर सिंहको पहिलो निर्णय वीरगञ्ज, १२ जेठ । वीरगञ्ज महानगरपालिकाको प्रमुख (मेयर) मा निर्वाचित रा...

 घण्टाघरदेखि माइस्थानसम्म सडक निर्माण गर्ने मेयर सिंहको पहिलो निर्णय


वीरगञ्ज, १२ जेठ । वीरगञ्ज महानगरपालिकाको प्रमुख (मेयर) मा निर्वाचित राजेशमान सिंहले सपथ ग्रहण गरेसँगै वर्षाैदेखि जीर्ण घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत गर्ने पहिलो निर्णय गरेका छन् ।

वर्षाैँदेखि मर्मत सम्भार नहुँदा सास्ती खेपीरहेका नगरबासीलाई परिवर्तनको प्रत्याभुती दिलाउन सिंहले बिहिबार सपथ ग्रहण पश्चात पद बहाल गरे लगतै मूख्य सडकलाई मर्मत गर्ने निर्णय गरेका हुन् ।

वीरगञ्जका निवर्तमान मेयर विजयकुमार सरावगीले सडक विभागअन्तर्गत पर्ने उक्त सडक निर्माण गर्न आफ्नो अधिकारक्षेत्र भित्र नरहेको बताउँदै आएका थिए । तर, सपथ लिएकै दिन नवनिर्वाचित मेयर सिंहले उक्त सडकलाई मर्मत गर्ने निर्णय गरेका छन् ।

त्यसैगरी मेयर सिंहले महानगरभित्र बसोबास गर्ने १० हजार ९ सय २४ घरधुरीको घरेलु मिटर (ग्राहस्थ मिटर) मा हुने मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने प्रयोगकर्ताको न्युनतम शूल्क र इनर्जी शूल्क महानगरले नै भुक्तानी गर्ने निर्णय पनि गरेका छन् ।

पाँच दलीय गठबन्धनले जारी गरेको घोषणा पत्रमा उल्लेख भएबमोजिम बढीमा ३० युनिटसम्म बिजुली खपत गर्ने प्रयोगकर्ताको महशुल महानगरले नै भुक्तानी गर्ने भएको हो । यद्दपी, ३० युनिटभन्दा बढी खपत गर्ने सेवाग्राहीले सम्पूर्ण शूल्क आफै तिनुपर्ने हुन्छ । योजना ३० युनिटसम्म विद्युत खपत गर्ने सेवाग्राहीको लागि मात्र भएको निर्णयमा स्पष्टसँग खुलाईएको छ ।  

त्यस्तै महानगरभित्र रहेका ४ सय ७० वटा कृषि मिटर (सिँचाई  मिटर) को सम्पूर्ण शूल्क भुक्तानीको दायित्व पनि महानगरले नै लिने सिंहले निर्णय गरेका छन् । कृषकहरुको उत्पादन क्षमता वृद्धि गर्दै उनीहरुलाई प्रतोसाहन गर्न उक्त निर्णय गरिएको सिंहले बताए ।

घेरलु र कृषि बाहेक व्यवसायिक, मनोरञ्जनात्मक र अन्य प्रायोजनका लागि मिटर लिएकाहरु भने उक्त योजनाबाट लाभान्वित हुने छैनन् ।

सपथ ग्रहण गरेको २४ घण्टाभित्रै परिवर्तनको प्रत्याभुती गराउने सिंहको प्रतिबद्धताअनुरुप नगरबासीले अब विद्युत महशुल र सिँचाई मिटरको शूल्क तिर्न नपर्ने भएको छ । यद्यपी यि सबै निर्णय आगामी श्रावन १ गतेदेखि कार्यन्वयन हुने जनाईएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content