अजय यादव वियोगी
कलैया ,बारा ।
"बाराको देवताल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा ईमानदार छविका रुपमा पहिचान बनाएका वकिल प्रसाद पाल हाजिर ,जनमानसमा खुशीयाली "
बाराको १६ पालिकामध्ये सबैभन्दा बढी विवाद हुने पालि
काको रुपमा छाप बनाएका देवताल गाउँपालिकामा ईमानदार छवि प्रमुख प्रशासकीयको अागमनसँगैएक किसिम तरंग पैदा भएको छ ।कर्मचारीको खिचातानीले स्थानीय तह विवादित बन्दै गएको बेला स्थानीय तहको चुनावमा अाफ्नो नजिकको कर्मचारी राख्ने होडबाजी नै चलेको हो ।तर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७८/११/३० गतेको निर्णयअनुसार स्थानीय सरकार सञ्चालन एेन २०७४ को दफा ८४को उपदफा (४) बमोजिम अतिरिक्त समुहबाट सुरुवा र २०७८/१२/२२ गतेको पत्रमा रमाना पत्र लिई प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र प्रसाद साहलाई सर्लाहीको च्रकघट्टा गाउँपालिकामा पठाईएको मन्त्रालयका शाखा अधिकृत विवेक विडारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख भएको छ ।निजामती कर्मचारीको नियमावली बमोजिम २०७८ /१२/२५ गते शुक्रबारका दिन नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा बारा
जिल्लामा ईमानदारिताको छवि बनाई सकेका कुशल एवम् सक्षम कर्मचारी भई कामकाज सम्हालि सकेका वकिल प्रसाद पाल बाराको देवताल गाउँपालिकामा हाजिर भएका छन् ।नयाँ प्रमुख प्रशासकीय अधिकृत पाल हाजिर भएपछि जनमानसमा खुशीयाली छाएको छ ।विगतमा भ्रष्टाचारको मुद्दामा सिकेन्द्र प्रसाद साह मुछ्दै अाएका हुन ।रौतहटको मौलापुर नगरपालिकामा भ्रष्टाचारको मुद्दा लाग्ने देखेपछि रौतहट जिल्ला छाडि सेटिङ्गकै अाधारमा बारा अाएका थिए ।रौतहटको कटहरिया नगरपालिका स्थायी घर भएका सिकेन्द्र प्रसाद साह सरुवा हुदाँपनि कामकाज नजाँदा शंका उब्जन थालेको हो ।बाराको १६ पालिकामध्ये कान्छो अध्यक्षको रुपमा रहेका चन्दन कुमार सिँह राजनीतिमा पोख्त नभएका कारण सेटिङग मै नै कामकाज गर्न सहज भएकाले प्रमुख प्रशासकीय अधिकृत साह रवाना लिई जान्न अालटाल गरेको देवताल गाउँपालिकाका कर्मचारीहरुले जानकारी दिएका छन् ।बाराको फेटा गाउँपालिकालाई भ्रष्टाचार मुक्त बनाएर ख्याति कमाएका प्रमुख प्रशासकीय अधिकृत पालसँग केही जनप्रतिनिधि रुष्ट समेत भएका छन् ।कर्मचारीलाई सहजढंगले हाजिर गराउनुपर्ने नियम भएपनि हाजिर रजिस्ट्रर लुकाउन सघाउने कर्मचारी र जनप्रतिनिधिहरुको नियत माथि नै प्रश्न चिन्ह खडा भएको देवताल गाउँपालिकाका स्थानीयबासी सर्वेन्द्र प्रसाद यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका वकिल प्रसाद पाल मालपोत कार्यालय गौर ,बाराको फेटा गाउँपालिका र राष्ट्रिय सतर्कता केन्द्रमा काम गरेको अनुभवी एवम् ईमानदारिताको पहिचान बनाई सकेका छन् ।देवताल गाउँपालिका अधिकाँश जनता यस्ता ईमानदार छविका प्रशासकीय अधिकृतले समेत चुनावमा राम्रो संदेश जाने बताउनुभयो ।विगतमा देवताल गाउँपालिकामा भवनको विवाद ,जग्गाको विवाद ,शिक्षामा विवाद ,स्वास्थ्यमा विवाद हुदै अाएका थिए ।तामझाम नगरि प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल गाउँपालिकामा हाजिर भएका हुन ।तडक भडक अाफूलाई सुहाउँदो नलागेका कारण जनताको काम गर्न प्रतीक्षा गरेकाले जनतामुखि भएर कामकाज गर्न देवताल गाउँपालिकामा हाजिर भएको प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।अाफूले सबै नियम संगत नै हाजिर भएको तर केही सञ्चारकर्मी र सञ्चारमाध्यमले भ्रम सृजना गरेको प्रमुख प्रशासकीय अधिकृत पालले बताउनुभयो।जनताको काम सहज र सरल ढंगले होस् भन्ने उद्देश्यले देवताल गाउँपालिकामा अाएको प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले बताउनुभयो ।
प्रतिक्रिया