श्री गढीमाई संवाददाता
कलैया ,बारा
"बाघको आक्रमणबाट जितपुर सिमरा उपमहानगरपालिका -१६ टागियाँ बस्तीका एकको मृत्यु"
बाराको कोल्हबी नगरपालिका -२ मा पर्ने जंगलमा २०७८/१२/२८ गते ०९:०० बजेको समयमा जि.बारा कोल्हबी न.पा-२स्थित रहेको तामागढी साझेदारी बनमा ४ जना घास काट्न गएकोमा जि.बारा जितपुरसिमारा उ.म.न.पा.१६ टागियाबस्ती बस्ने अं बर्ष ३१ को सुरेस मगरलाई बाघले एक्कासी आक्रमण गरे थिए ।अाक्रमण पश्चात साथीहरुले होहल्ला गरी बाघलाई भगाएको र घाईतेलाई उपचारको लागी साथिहरुले ल्याउने क्रममा १/२ कि.मि.अगाडी ल्याए पश्चात निजको मृत्यु भएको हो । लास उक्त स्थलमा रहेको भनी ३:३० बजेको समयमा जानकारी भए पश्चात उक्त स्थानमा प्र.नि.सन्तोष कुमार दाहालको कमान्डमा मुचुल्का सहितको टोलि खटि गएको, अन्य अनुशन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।बारा र पर्सा बर्सेनि यस्ता घटना हुने गरेका छन् ।जनता बेलैमा सचेत हुनुपर्ने दिन अाएको बाराका स्थानीयबासीहरुले बताएका छन् ।
प्रतिक्रिया