अजय यादव वियोगी
कलैया ,बारा
"बारामा एस.ई.ई.परीक्षाको पहिलो दिनको अंग्रेजी बिषयको परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न ,मटिअर्वा परीक्षा केन्द्रबाट २२४ जना परिक्षार्थीले दिए परीक्षा "
पहिला एस.ई.ई.अर्थात (एस.एल.सी)लाई फलामको ढोकाको रुपमा लिने गरिन्थ्यो ।तर अहिले अाएर चाँदीको ढोका हुन पुगेको छ ।पहिला फेल र पास हुन्थ्यो भने अहिले सबै पास हुने भएका छन् ।ग्रेडिङ्ग प्रणालीले कोही फेल नभई ग्रेड मात्र कम मात्र हुने तर फेल भनेर भन्न नमिल्ने भएपछि बिधार्थीहरुमा पढाइप्रतिको रुचि घटदै गएको छ ।२०७८ सालको एस.ई.ई.परीक्षा अहिले २०७९ वैशाख ९ गतेबाट सुरु भएको छ ।बारामा भएको एस.ई.ई.परीक्षाको पहिलो दिनको अंग्रेजी बिषयको परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।बारामा तोकिएको सबै परीक्ष केन्द्रमा शान्तिपूर्ण ढंगले परीक्षा भएको शिक्षा विकास तथा समन्वय एकाई बाराले जानकारी दिएका छन् ।यस्तै बाराको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय मटिअर्वामा पनि शान्तिपूर्ण ढंगले परीक्षा सम्पन्न भएको छ ।मटिअर्वा परीक्षा केन्द्रमा ५ वटा विधालयको सेन्टर रहेको छ ।श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय देवापुर,बहुअर्वा ,श्री नेपाल राष्ट्रिय माध्यमिक फेटा (साधारण तर्फ ) ,श्री नेपाल राष्ट्रिय माध्यमिक
बसतपुर ,श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगर र श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयको बलिरामपुरको सेन्टर दिईएको हो ।जम्मा ५ विधालयबाट २४० जना परिक्षार्थीहरु सहभागी भएपनि पहिलो दिनको अंग्रेजी बिषयको परिक्षामा २२४ जना परीक्षार्थीहरुले परीक्षा दिईएको मटिअर्वा परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामबाबु कुशवाहाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।जसमध्ये ६ छात्र र १० छात्रा गरि १६ जना परिक्षार्थी पहिलो दिनको परीक्षा अनुपस्थित भएको केन्द्राध्यक्ष कुशवाहाले बताउनुभयो ।सहज शान्तिपूर्ण र सौहार्दपुर्ण वातावरण परीक्षा सञ्चालन समेत भएको केन्द्राध्यक्ष कुशवाहाले बताउनुभयो ।मटिअर्वा परीक्षा केन्द्रको परीक्षा अनुशासित ढंगले भएको परीक्षार्थीहरुले बताएका छन् ।परीक्षा केन्द्रको वातावरण हुनुपर्ने जस्तै मटिअर्वा परीक्षा केन्द्रको वातावरण भएको परीक्षार्थी प्रियंका कुमारी केशरीले बताउनुभयो ।एस.ई.ई.परिक्षाको पहिलो दिनकै परिक्षामा परीक्षार्थीहरु मुहारमा चम्कता भएपनि अाउँदो दिनमा परीक्षा कस्तो होला भन्ने लागेको परिक्षार्थीहरुले बताएका छन् ।नेपाली बिषयको परीक्षा अाईतबारको हुनेछ ।
प्रतिक्रिया