चौथौ अध्यक्ष कप नकाउट फुटबल प्रतियोगितामा दुधियावा युवा क्लब रौतहट विजयी
दिपेन्द्र जयसवाल
कलैया , बारा । चैत्र २२ गते
बाराको बारागढी गाउँपालिका वडा नं.५ मा रहेको चेरवन्त पथरामा श्री न्यू तीलगंगा युवा क्लब चेरवन्त पथराको आयोजनामा र बारागढी गाउँपालिकाको सहयोगमा जारी चेरवन्त पथराको सेदी रंगशालामा जारी चौथौ अध्यक्ष कप नकाउट फुटबल प्रतियोगितामा आज चौथो दिनको खेलमा दुधियावा युवा क्लब रौतहट र बारागढी युवा क्लब सिपुरा बिच भएको खेलमा दुवै टिमको तर्फबाट निर्धारित समयमा गोल नभएपछि खेल ट्राईबेकरमा ढकेल्दिा बारागढी युवा क्लब सिपुरालाई पराजित गर्दै दुधियावा युवा क्लब रौतहट
विजयी भएको छ I आजको खेलको म्यान अफ म्याच जर्सी नं. ५ का अभिषेक चौधरी हुनु भएको छ I साथै भोलि पाचौँ दिनको पहिलो सेमिफाईनल खेल जुअवा एफसी र सिमरा क्लब बाराबिच हुने आयोजक तील गंगा युवा क्लबको अध्यक्ष कृष्णमणि चौधरीले बताउनु भएको छ ।
प्रतिक्रिया