Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

नेपाल अलैची व्यवसायी महासंघद्वारा वीउवासंघसँग छलफल

प्रस, वीरगंज, २२ चैत/ नेपाल अलैची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराईको नेतृत्वमा आएको ३ सदस्यीय टोलीले आज वीरगञ्ज उद्योग वाणिज्य सङ...


प्रस, वीरगंज, २२ चैत/
नेपाल अलैची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराईको नेतृत्वमा आएको ३ सदस्यीय टोलीले आज वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्तालाई वीरगञ्ज उद्योग वाणिज्य सङ्घको कार्यकक्षमा भेटघाट तथा छलफल गरेको छ ।
छलफलका क्रममा अलैची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराइले सरकारले अलैची निर्यातमा दिँदै आएको ५ प्रतिशतको इनसेन्टिभलाई बढाएर ८ प्रतिशत गरिनुपर्ने, अलैची प्रशोधनका साथै कृषिजन्य पैदावार चिया, अमलेशो, जडीबुटीका साथै तरकारी उद्योगलाई ५ वर्षसम्म पुरै कर छुट गरिनुपर्ने, कृषिजन्य उत्पादनलाई भिसिटिएसको प्रावधानभन्दा बाहिर राख्नु पर्ने र कृषि क्षेत्रको उन्नयनका लागि सरकार जति संवेदनशील हुनु पर्ने हो सो हुन नसकेको बताउनु भयो । साथै नेपालमै पहिलोपटक अलैचीबाट उत्पादित विभिन्न खाद्य परिकार र मसलाहरूको स्वेदशी बजार तथा भारत लगायत तेस्रो मुलुकमा निर्यातका लागि राज्यले आवश्यक सहजीकरण गरि यस्ता उद्योगलाई प्रबद्र्धन गर्नुपर्ने कुरा भेटघाटका क्रममा बताउनु भयो ।
सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले कृषि तथा कृषिजन्य उत्पादनको प्रबद्र्धन र बजारीकरणका साथै निर्यातका लागि राज्य सनयत्रको सकारात्मक भूमिका हुनु पर्नेमा जोड दिँदै यस्ता खाले समस्या समाधानका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आफनै समस्याका रूपमा आत्मसात गरी समाधानका लागि राष्ट्रियस्तरमा प्राथमिकताका साथ पहल गर्ने बताउनु भयो । हामी एक अर्काका समस्यालाई साझा समस्याका रूपमा लिई समाधानका निमित्त समेत साझा प्रयत्न गर्नु पर्ने सङ्घको संस्थागत धारणा रही आएको कुरा अध्यक्ष डा. गुप्ताले बताउनु भयो ।
भेटघाटकै क्रममा अध्यक्ष डा. गुप्ताले कृषिप्रधान देशमा कृषि क्षेत्रकै प्रबद्र्धन र विकास हुन नसेकेको दुखेसो व्यक्त गर्दै कृषिको व्यवसायीकरण र कृषकहरूको जीवनस्तर माथि उकास्न निजीक्षेत्रका सङ्घ संस्थाहरूको अहम् भूमिका हुने बताउनु भयो ।
कार्यक्रममा अलैची व्यवसायी महासङ्घका केन्द्रीय सदस्य संजीव घिमिरे सहितको उपस्थिति रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content