Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

एमाले र लोसपाबीच चुनावी तालमेल गर्ने निर्णय

वीरगंज, ८ वैशाख । वीरगंज महानगरमा नेकपा एमाले र लोकतान्त्रिक माजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल गर्ने भएको छ । नेकपा एमाले र लोसपाका ...

वीरगंज, ८ वैशाख । वीरगंज महानगरमा नेकपा एमाले र लोकतान्त्रिक माजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल गर्ने भएको छ ।
नेकपा एमाले र लोसपाका नेताहरूले वीरगंजमा बिहीवार पत्रकार सम्मेलन गरि आसन्न निर्वाचनमा दुबै दल मिलेर निर्वाचनमा सहभागी हुने निर्णय भएको जनाएको छ ।
होटल भिस्वामा आयोजित पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा वीरगंज महानगरपालिकामा एमाले र लोसपा मिलेर निर्वाचनमा जाने सहमति भएको उल्लेख गरिएको छ ।
नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारू र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पर्सा अध्यक्ष पुरूषोत्तमलाल झाद्वारा हस्ताक्षर गरि जारी गरिएको विज्ञप्तिमा 'वीरगंज महानगरको विकास र प्रगतिको लागि नगारिकलाई केन्द्रमा राखेर लोकतन्त्र, गणतन्त्र, र संघीयता प्रति प्रतिवद्ध रहेको दल एमाले र लोसपा, महानगरपालिकामा मिलेर निर्वाचनमा सहभागी हुन सहमत भएका छौं' उल्लेख गरिएको छ ।
समृद्ध वीरगंजको सपनालाई साकार पार्न दुबै पार्टीको यो सहमति अर्थपूर्ण रहेको छ । वीरगंज र वीरगंजबासीको हित, प्रगति, प्रर्वाधार र राजनीतिलाई जनसेवाका लागि सदुपयोग गर्ने उद्देश्य सहित यो सहमति भएको बताइएको छ ।
यो दुबै पार्टीले स्थानीय तहको निर्वाचनमा वीरगंज महानगरपालिकाको प्रमुखमा नेकपा एमाले र उप प्रमुखमा लोसपा नेपालको नेतृत्व रहनेछ भने वडाका सम्बन्धमा आपसी समझदारीमा उम्मेदवार तय गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चुनावी तालमेलको क्रममा नेकपा एमालेले महानगरको मेयर तथा लोसपाले उपमेयर लिने गरि सहमति भएको छ । महानगरको ३२ वटै वडाको हकमा भने आपसी सहमतिमा उम्मेदवार तय गर्ने सहमति भएको छ।
महानगरको मेयरमा एमालेले वर्तमान मेयर विजय कुमार सरावगीको नाम सिफारिस गरिसकेको छ भने उपमेयरमा लोसपाले अहिलेसम्म उम्मेदवार घोषणा गरेको छैन । तर लोसपाले जिल्ला अध्यक्ष पुरूषोत्तमलाल झा अथवा नेतृ रम्भा मिश्रामध्ये कुनै एक जनालाई उम्मेदवार बनाउने सम्भावना छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका सचिव रघुविर महासेठले वीरगंजको विकासका लागि एमाले र लोसपाबीच चुनावी तालमेल गर्ने सहमति भएको बताए ।
मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउन, बलियो बनाउन, भौतिक पूर्वाधारको विकास गर्न, सामाजिक सुरक्षाभत्ताहरूको सुरक्षित गर्न, मुलुकमा आयात घटाउन तथा निर्यात बढाउन, नेपालमै कृषि उत्पादन बढाउन लगायतका सबै साझा एजेण्डामा आफूहरू एक भएको बताए।
स्थानीय, प्रदेश अथवा संघीय जुनसुकै निर्वाचनमा संविधानले परिभाषित गरेको भन्दा बाहिर नजाने भन्दै सचिव महासेठले गणतन्त्र, लोकतन्त्र मास्ने अहिलेको सत्तागठबन्धनको विरूद्ध र वीरगंज विकास लागि एमाले र लोसपाबीचको चुनावी तालमेलको सहमित अर्थपूर्ण रहेको बताए ।
यसैगरि लोसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले एमाले र लोसपाबीचको गठबन्धन कुनै नयाँ नरहेको भन्दै यसलाई नवीकरण मात्रै गरिएको बताए ।
यो गठबन्धनको मौसममा पहिला पनि सहकार्य गरेकै हो, अहिलेपनि स्थानीय आवश्यकता अनुसार तालमेल गर्ने केन्द्रिय समितिले निर्णय अनुसार वीरगंज महानगरमा एमालेसँग चुनावी तालमेल गरिएको बताए ।
स्थानीय निकायको निर्वाचनको क्रममा वीरगंज महानगरमा चुनावी तालमेल भएको छ, अन्य स्थानको लागि छलफल चलि रहेको बताए ।
उनले वीरगंज विकासको लागि गठबन्धनको दायित्व मात्र नभई जनताहरूको पनि दायित्व रहेकोले यसलाई सबै जनताले मद्दत गर्नेछ भन्ने आफू विश्वस्त रहेको बताए । आगामी दिनमा ओली नेतृत्वको सरकार बने मधेसका बाँकी माग पनि सम्बोधन हुने विश्वासमा अहिले महानगरमा एमालेसँग चुनावी तालमेल गरिएको उनले बताए ।
पत्रकार सम्मेलनमा एमाले पोलिटव्युरो सदस्य पुरूषोत्तम पौडेल, केन्द्रीय सदस्यहरू राज कुमार गुप्ता, बसरूद्धिन अन्सारी र अरविन्द सिंह, जिल्ला अध्यक्ष जयप्रकाश थारू, लोसपाका नेताहरू शशिकपुर मियाँँ, लोसपाबाट निर्वाचित सांसद विमल श्रीवास्तव, प्रदेश सांसद रमेश कुर्मी, प्रहलाद गिरी लगायतको पनि उपस्थिति थियो ।
यता लोसपा वीरगंज महानगर अध्यक्ष ओमप्रकाश सर्राफले यस चुनावी तालमेलको घोर भत्सर्ना गर्दै विरोध जनाएका छन् ।
केही सीमिति व्यक्तिको निहित स्वार्थको लागि नेकपा एमालेसँग चुनावी तालमेल गरिएको छ । यसबाट पार्टीलाई ठूलो नोक्सानी हुने भन्दै अध्यक्ष सर्राफले यस रवैयाबाट भोलिका दिनमा पार्टीलाई समाप्त पार्ने खेल भइरहेको बताए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content