श्री गढीमाई संवाददाता
कलैया ,बारा
"आगोलागिले धनमाल नोक्सान "
जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका -२० बसडील्वामा दिउँसो १:०० बजेको समयमा सोही ठाउँ बस्ने नगेन्द्र राउत अहिरको कच्ची फुसको छानो,फुसको देवाल भएको गोठमा अचानक आगलागि हुदा उक्त गोठमा रहेको भुस,गोठ पूर्ण रुपमा जली नोक्सान भएको छ।अागलागिले २५,०००/- बराबरको क्षति भएको , मानबिय,चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।स्थानीयबासी र प्रहरीको सहायताले अागो नियन्त्रणमा अाएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।
प्रतिक्रिया