श्री गढीमाई संवाददाता ।
कलैया ,बारा ।
"बाराको सुवर्ण गाउँपालिकामा अध्यक्ष पदमा यूवा नेता अशोककुमार यादवले उम्मेदवारी दिने गरे घोषणा ,भ्रष्टाचारी र अनियमितता हटाउने पहिलो प्राथमिकता "
देशमा अहिले स्थानीय तहको चुनावको घोषणासँगै उम्मेदवारी दिनेको लहर नै चलेको छ ।देशभरि नै वैशाख ३० गते सरकारले चुनाव घोषणा गरेसँगै स्थानीय तहमा चहलपहल बढेको छ ।बाराको सुवर्ण गाउँपालिकामा अध्यक्ष पदमा अाफू उम्मेदवार हुने यूवा नेता अशोककुमार यादवले घोषणा गरेका छन् ।सुवर्ण गाउँपालिकाको वडा नम्बर -७ बहुअर्वामा अाज एक कार्यक्रमकै बिच यूवा नेता यादवले अाफू अध्यक्ष पदमा लडने घोषणा गरेका हुन ।स्थानीय तहको चुनाव २०७४ सालमा अध्यक्ष पदमा लडेका अशोककुमार यादव यसपालि पनि २०७९ को चुनावमा लडने घोषणा गरेका छन् ।बाराको १६ पालिका मध्ये सबैभन्दाबढी नातागोतामा काम गर्ने पालिकाको रुपमा ख्याति कमाएका गाउँपालिकामा भएको भ्रष्टाचार र अनियमिततालाई हटाउन अाफूले अध्यक्ष पदमा लडने यूवा नेता अशोककुमार यादवले बताउनुभयो ।सबैभन्दा पिछडिएको गाउँ बहुअर्वामा अाज सम्म केही विकास नै भएको छैन ,अध्यक्ष ,उपाध्यक्षले जनताको अाँखा छारो हाल्ने मात्र काम गरेको यूवा नेता यादवले बताउनुभयो ।स्थानीय तहको चुनावलाई लक्षित गरि केही कार्यक्रम चलाउनु अाफैँमा शंकास्पद समेत भएको युवा नेता यादवले बताउनुभयो ।सुवर्ण गाउँपालिकाको ८ वडामा पर्ने २७ भन्दाबढी गाउँमा यादवको चर्चा हुँदै अाएको छ ।राजनितिमा पोख्त मानिएका अशोककुमार यादवले पालिकाको भ्रष्टाचारको विरोध अावाज उठाउदै अाएका छन् ।त्यहीँ अावाज बुलन्द गर्नको निमित्त जनताको घरदैलोमा अाउने समेत यूवा नेता यादवले बताउनुभयो ।
 
							     
							     
							     
							    



 
 
प्रतिक्रिया