चौथौ अध्यक्ष कप नकाउट फुटबल प्रतियोगितामा नव युवा समाज सरोकार क्लब दुधियावा विजयी
दिपेन्द्र जयसवाल
कलैया ,बारा । चैत्र २४ गते ।
बाराको बारागढी गाउँपालिका वडा नं.५ मा रहेको चेरवन्त पथरामा श्री न्यू तीलगंगा युवा क्लब चेरवन्त पथराको आयोजनामा र बारागढी गाउँपालिकाको सहयोगमा जारी चेरवन्त पथराको सेदी रंगशालामा जारी चौथौ अध्यक्ष कप नकाउट फुटबल प्रतियोगितामा आज भएको दोस्रो सेमीफाईल फुतबल खेलमा तराई ब्वाईज युवा क्लब पडरी र श्री नव युवा समाज सरोकार क्लब दुधियावा बिच भएको खेलमा तराई ब्वाईज युवा क्लब पडरीलाई ० को बिरूद्ध १ गोलले नव युवा समाज सरोकार क्लब दुधियावा विजयी भएको छ I आजको दोस्रो सेमीफाईल फुतबल खेलको म्यान अफ द म्याच जर्सी नं.७७ को बिनोद चौधरी हुनु भएको छ I साथै चैत्र २६ गते शनिबार फाईनल खेल श्री गोपाल प्रगतीशिल जुअवा र श्री नव युवा समाज सरोकार क्लब दुधियावा बिच हुने आयोजक तील गंगा युवा क्लबको अध्यक्ष कृष्णमणि चौधरीले बताउनु भएको छ ।
प्रतिक्रिया