Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

मानव सेवा आश्रम वीरगंज शाखा भवनको शिलान्यास

वीरगंज, ११ चैत । १८ करोडको लागतमा बन्ने मानव सेवा आश्रम वीरगञ्ज शाखाको भवनको आज शिलान्यास गरिएको छ । मुख्यमन्त्री लालबाबु राउत गद्दी, सांसद ...

वीरगंज, ११ चैत । १८ करोडको लागतमा बन्ने मानव सेवा आश्रम वीरगञ्ज शाखाको भवनको आज शिलान्यास गरिएको छ । मुख्यमन्त्री लालबाबु राउत गद्दी, सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले संयुक्त रूपमा शुक्रवार शिलान्यास गरेका हुन् ।
शिलान्यास गर्नुअघि आयोजित औपचारिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले जग्गा नहुँदा भवनका लागि रकम छुट्याए पनि खर्च गर्न नपाएको बताए । 'आश्रमका लागि ३० लाख रुपियाँँ छुट्याएका थियौं, जमिन नभएकाले दिन सकेनौं,' उनले भने, 'भवन निर्माण गर्न, सञ्चालन गर्न कति खर्च लाग्छ, प्रदेश सरकारले के कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि तयार छौं ।'
वीरगञ्जको नारायणी अस्पताल, नारायणी रंगशाला जस्ता संरचना सामुदायिक सहयोगले बनेको बताउँदै उनले मानव सेवा आश्रमको भवन बनाउन रकमको अभाव नहुने बताए ।
सांसद यादवले आगामी बजेटबाट मानव सेवा आश्रम भवनका लागि बजेट छुट्याउने बताए ।
महानगर प्रमुख सरावगीले सडकमा अलपत्र बेसहारा मानवहरूको व्यवस्थापन तीनै तहको दायित्व भएको बताए । उनले प्रदेश सरकारले महानगरलाई दिने १० करोड आश्रमका लागि नै दिइदिन मुख्यमन्त्रीसँग आग्रह गरे ।
तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी भवन बनाउन लागिएको मानव सेवा आश्रमले जनाएको छ । रेम्ड अर्थ प्रविधिबाट भवन बनाउने तयारी गरिएको छ । गर्मी चिसो र जाडोमा न्यानो हुने भएकाले रेम्ड अर्थ प्रविधिबाट भवन बनाउन लागिएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
श्रृंखला खतिवडाले सञ्चालन गरेको गाथाले भवनको डिजाइन गरेको थियो । मानव सेवा आश्रम शाखाका लागि १८ कठ्ठा जमिन र २५ लाख रुपियाँँ पनि दिइएको थियो ।
भोजपुरी कला सँस्कृति झल्कने, वातावरण सुहाउँदो, भूकम्प प्रतिरोधी र वास्तु शास्त्र मिलाएर भवन बनाउने इन्जिनियरहरूले बताएका छन् ।
१४ कठ्ठा जमिनमा भान्छा घर, तालिम हल, सहयोगापेक्षीलाई राख्ने कोठाहरू, हेरचाहमा खट्नेहरूका लागि आवास र आश्रममा आउने पाहुनाका लागि अतिथि गृह समेत बनाउने उनीहरूले बताएका छन् ।
मानव सेवा आश्रमको १३ जिल्लामा आफ्नै भवन बनिसकेको छ । मानव सेवा आश्रमले वि.सं. २०८० भित्रमा आश्रम शाखाहरूको भवन बनाइसक्ने, वि.सं.२०८१ सम्म जनचेतना फैलाउने र वि.सं. २०८२ बैशाख १ गते औपचारिक रूपमा सडक मानवमुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ ।
०७४ जेठ १५ गते स्थापना भएको मानव सेवा आश्रम वीरगञ्ज शाखामा ६ जना बालबालिका सहित ६२ जना आश्रित छन् । सडकमा अलपत्र परेका बेसाहारा सहयोगापेक्षी मानिसलाई आश्रमले गाँस, बास र कपाससँगै औषधि उपचारको व्यवस्था गर्नुको साथै पारिवारिक पुनर्मिलन गराउँदै आएको मानव सेवा आश्रमको संरक्षक प्रकाश थारूले जानकारी दिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content