Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

एमालेमा जाने सोच बनाइसकेको छु, शनिवार घोषणा गर्छु– मेयर सरावगी

वीरगंज, २७ फागुन ।  वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी नेकपा एमालेमा प्रवेश गर्न लागेका छन। केही दिन भित्रै जनता समाजवादी पार्...

वीरगंज, २७ फागुन । 
वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी नेकपा एमालेमा प्रवेश गर्न लागेका छन। केही दिन भित्रै जनता समाजवादी पार्टी (जसपा) त्यागेर उनी नेकपा एमाले प्रवेश गर्न लागेका हुन।
जसपा छाडेर एमाले प्रवेशको औपचारिक घोषणा शनिवार गर्न गइरहेको उनले बताए। सरावगी हाल जसपाको केन्द्रीय सदस्य छन।
ुमैले एमालेमा जाने वारे सोच बनाई सकेको छु। भोलि नै घोषणा गर्दैछु,'उनले भने।
मेयर सरावगीले पार्टी प्रवेशवारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलसमेत गरेको बुझिएको छ। मंगलवार सरावगीले ओलीसँग काठमाडौंमा भेट गरेर पार्टी प्रवेश र आगामी स्थानीय तहको निर्वाचनमा एमालेबाट वीरगंज महानगरका मेयर लड्ने विषयमा छलफल गरेको स्रोतको दावी छ।
नेकपा एमालेका पर्साका अध्यक्ष प्रभु हाजराले फागुन २८ गते बारा जिल्लामा एमाले अध्यक्ष केपी ओलीको उपस्थितिमा हुने कार्यक्रममा सरावगीलाई पार्टीमा स्वागत गरिने बताए। त्यसपछि चैत ८ गते वीरगंजमा पुनः केपी ओलीकै उपस्थितिमा हुने आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले एमाले प्रवेश गर्ने सहमति भएको हजराले बताए।
तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर सरावगी यसअघि नेपाली कांग्रेसमा प्रवेश गरेर वीरगंजको मयेर लड्ने चर्चा चलेको थियो। तर कांग्रेसको १४ औँ अधिवेशनमा संस्थापन पक्ष विजयी भएपछि उनको कांग्रेस प्रवेश गर्ने बाटो बन्द भएको हो। सरावगी कांग्रेसको संस्थापन इतर पक्षसँग पार्टी प्रवेश गर्ने वारे छलफलमा थिए। तर, संस्थापन पक्षबाट निर्वाचित जिल्ला सभापति जनार्दन सिंह क्षेत्र सरावगीलाई कांग्रेसबाट टिकट नदिने अडान राखेको स्रोतको भनाई छ। कांग्रेस पर्साका अन्य प्रभावशाली नेता पनि सरावगीलाई कांग्रेसमा ल्याउने पक्षमा थिएनन।
जसपामा स्थानीय नेता र कार्यकर्ताहरूले असहयोग गरेको कारण सरावगीले यस पटक अन्य पार्टीबाट स्थानीय तहको निर्वाचन लड्ने सोच बनाएको बुझिएको छ। समय–समयमा उनले यो कुरा सार्वाजनिक रूपमै भन्ने गरेका थिए।
यता, टिकट पाउने आश्वासनमा वीरगंज महानगरपालिकाको मेयरका अर्का प्रत्यासी राजेशमान सिंह यसअघि नै लोकतान्त्री समाजवादी पार्टी (लोसपा) परित्याग गर्दै एमाले प्रवेश गरिसकेका छन। सरावगी पनि एमाले गएपछि मेयरको टिकट कसले पाउने भन्ने कुरा चासोको विषय बनेको छ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content