Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा अख्तियारको छापा,कागजात नियन्त्रणमा

 पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा अख्तियारको छापा,कागजात नियन्त्रणमा वीरगन्ज, पर्सा । चैत १५ गते । गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिह...

 पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा अख्तियारको छापा,कागजात नियन्त्रणमा


वीरगन्ज, पर्सा । चैत १५ गते ।


गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले रकम कोभिड प्रभावितलाई वितरण नगरी स्वास्थ्यकर्मी र शिक्षकलाई तलब खुवाउनेदेखि कर्मचारीलाई सापटी दिएर हिनामिना गरेको आरोप छ ।

वीरगन्ज : पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।  हेटौडास्थित आयोगको क्षेत्रीय कार्यालयबाट प्रहरी नायव उपरीक्षक गणेश बराल नेतृत्वमा खटिएको टोलीले मङगलबार दिउँसो गाउँपालिकाको कार्यालयमा पुगेर छापा मारेको हो ।


कोभिडले प्रभावित विपन्न परिवारका लागि राहत बाड्न गत पुसमा केन्द्र सरकारले पठाएको अनुदानको रकम , हिनामिना गरिएको खबर सार्वजनिक भएपछि त्यहि विषयलाइ लिएर अख्तियारले गाउँपालिकाको कार्यालयमा छापा मारेको हो । अनुदानको रकम  हिनामिना गरि दुरुपयोग गरिएको विषयमै जगरनाथपुर गाउँपालिकाको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको आयोगको क्षेत्रीय कार्यालय हेटौडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए । 


अख्तियारको टोली अहिले पनि गाउँपालिकाको कार्यालयमै रहेको र  अनुदानको रकम दुरुपयोगसम्बन्धी कागज र फाइलहरु संकलन गरिरहेको सापकोटाले जानकारी दिए ।  कोभिड प्रभावित परिवारलाई जनही १० हजार रुपेयाँका दरले वितरण गर्न लागि केन्द्र सरकारले गत पुस अन्तिम साता जगरनाथपुर गाउँपालिकाको कार्यालयमा ८८ लाख रुपैयाँ पठाएको थियो ।

तर, गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले उक्त रकम, कोभिड प्रभावितलाई वितरण नगरी स्वास्थ्यकर्मी र शिक्षकलाई तलब खुवाउनेदेखि कर्मचारीलाई सापटी दिएर हिनामिना गरेको आरोप छ । गाउँपालिका कार्यालयले भने उक्त रकम , कोभिड प्रभावित परिवारलाई वितरण गरिसकेको रिपोर्ट केन्द्रमा पेश गरिसकेको छ । तर त्यहाँका  कोभिड प्रभावितत कसैले पनि उक्त रकम पाएका छैनन् । 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहले स्वंयले पनि अनुदानको रकम शिक्षकको चौमासिक तलबमा खर्च गरेको स्वीकार गरेका छन् । ८८ लाख मध्ये २४ लाख रुपैयाँ गाउँपालिकाका तत्कालीन स्वास्थ्य शाखा संयोजक रामसिकिल साहलाई सापटी दिएको पनि उनले बताए।


तर २४ लाख रुपैयाँ सापटी लिएका साहको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। अनुदानका लागि कसैको आवेदन नै नपरेको प्रमुख प्रशासकीय अधिकृत कुशवाहाको भनाइ छ । जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले पनि कोरोना प्रभावित विपन्न परिवारलाई अनुदान रकम अहिले सम्म वितरण नगरिएको बताए । 

जनतालाइ राहत बाड्न आएको अनुदानको रकम अन्य शीर्षकमा खर्च भएको बारे आफूलाई जानकारी नै नभएको भन्दै उनले भने, 'रकम दुरुपोयोग भए रहेछ भने त्यसको जिम्मेवार प्रमुख प्रशासकीय अधिकृत  नै हुनेछन् । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content