Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

तेस्रो बकुलिया गोल्ड कप : पहिलो खेलमा हेटौँडा फुटबल एकेडेमी विजयी 

बारा  । तेस्रो बकुलिया गोल्ड कपको पहिलो खेलमा हेटौडा फुटबल एकेडेमीले विजयी सुरुवात गरेको छ । सडेन डेथमा नेपाल खेलकुद क्लब चपुरलाई हराउँदै...

बारा  । तेस्रो बकुलिया गोल्ड कपको पहिलो खेलमा हेटौडा फुटबल एकेडेमीले विजयी सुरुवात गरेको छ ।

सडेन डेथमा नेपाल खेलकुद क्लब चपुरलाई हराउँदै हेटौँडा फुटबल एकेडेमीले विजय सुरुवात गरेको हो ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.५ को आयोजनामा भइरहेको खेलमा  हेटौँडा फुटबल एकेडेमीका जर्सी नं. १४का खेलाडी साजन जिम्वाले १७औँ  मिनेटमा नेपाल खेलकुद चपुरको विरुद्ध गोल गरेका थिए । 

खेलको ६५औँ मिनेटमा नेपाल खेलकुद चपुरको तर्फबाट जर्सी नं.७ का खेलाडी रोहन लामाले गोल फर्काएका थिए । 

निर्धारित सम भित्र दुवै पक्षको एक, एक गोल भएपछि खेल टाई ब्रेकरमा गएको थियो । टाई ब्रेकरमा पनि खेल बराबरीमा टुङ्गिएपछि खेल सडेन डेथमा प्रवेश गरेको थियो । 

सडेन डेथमा हेटौँडा फुटबल एकेडेमीका जर्सी नं. १२ का खेलाडी सुदिप रेग्मीले निर्णायक गोल गरी आफ्नो टिमलाई विजय गराउन सफल भएका थिए । 

खेलको म्यान अफ दी म्याच विजय टिमका गोल किपर असमीर गोन्घा घोषित भए । 

खेल सुरु हुनुभन्दा अगाडि भएको औपचारिक कार्यक्रमको उद्घाटन नारायणी अञ्चलका प्रमुख प्रशिक्षक कोच रहिसक्नु भएका हरि बहादुर श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

प्रमुख प्रशिक्षक कोच श्रेष्ठले राज्यले खेलाडीहरूको वृद्धि र विकासको विषयमा सोच्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । 

फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन २८ गतेसम्म चल्ने छ । प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपैयाँ र द्वितीय हुनेले रु ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content