Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्रदेशको निजामती संरचनालाई चुस्त, दुरुस्त एवं कम खर्चिलो बनाउनु पर्दछ : मुख्यमन्त्री राउत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा निजामती कर्मचारीको संरचनालाई चुस्त, दुरुस्त एवं प्रभावकारी बनाउनु पर्ने  आव...

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा निजामती कर्मचारीको संरचनालाई चुस्त, दुरुस्त एवं प्रभावकारी बनाउनु पर्ने  आवश्यकतामा जोड दिनु भएको छ । 

मुख्यमन्त्री राउतले प्रदेश निजामती सेवा नियमावली अन्तर्गतको दरबन्दी संरचनाका बारेमा मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सभाकक्षमा आज आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो । 

उहाँले धेरै संरचनाहरू हुँदा खर्च पनि बढी हुने र अपेक्षा अनुसारको परिणाम पनि नदिने भएकाले चुस्त एवं दुरुस्त संरचना बनाएर त्यस मार्फत प्रदेशवासीलाई  प्रभावकारी सेवा दिनु पर्ने धारणा राख्नु भयो । 

बैठकमा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओम प्रकाश शर्मा, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो, प्रमुख सचिव कृष्ण राउत सहितका उच्च अधिकारीहरू सहभागी रहनु भएको थियो । 

बैठकले सङ्गठन तथा दरबन्दी संरचनाको विषयमा प्रतिवेदन तयार पारेर ७ दिनभित्रमा मन्त्रिपरिषद्मा पेश गर्नका लागि मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवहरू समेत रहेको समितिको निर्माण गरिएको दरबन्दी संरचना निर्माण समितिका सदस्य रुपेश साहले जानकारी दिनु भयो । 

मधेश प्रदेशमा ८ जिल्ला मात्र भएको र धेरै अनावश्यक निर्देशनालय स्तरको संरचनाहरू खडा गरिएका कारणले प्रदेश सरकारको व्ययभार बढेको भन्दै खर्च घटाउनका लागि समितिको निर्माण गरिएको प्रमुख सचिव कृष्ण राउतले जानकारी दिनु भयो ।  


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content