Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

राष्ट्रिय निकुञ्जको अवरोधको कारण ठोरीमा हुलाकी सडक कालोपत्रे हुन सकेन

वीरगंज । चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण पर्सामा निर्माणाधीन वीरगन्ज–ठोरी हुलाकी सडकको ठोरी खण्डको साढे ४ किलो मिटर सडक कालोपत्रे न...

वीरगंज । चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण पर्सामा निर्माणाधीन वीरगन्ज–ठोरी हुलाकी सडकको ठोरी खण्डको साढे ४ किलो मिटर सडक कालोपत्रे नहुँदा स्थानीय बासिन्दामा निराशा छाएको छ । 

पर्सामा वीरगन्जको प्रतिमा चोकदेखि ठोरी गाउँपालिकाको चौतारासम्म ६० किलो मिटर हुलाकी सडक दुई वटा निर्माण कम्पनीले चार वर्षअघि ठेक्का  लिएका थिए । वीरगन्जको प्रतिमा चोकदेखि सेढवाको चमरी होलसम्म सम्म ३० किलोमिटरको ठेक्का पप्पु कन्ट्रक्सनले र चमरी होलदेखि ठोरीको चौतारासम्मको ३० किलोमिटरको ठेक्का कालिका बानिया जेभी कन्ट्रक्सनले लिएको थियो । 

वीरगन्जदेखि सेढवासम्मको हुलाकी सडकको ठेक्का पप्पु कन्ट्रक्सनले एक अर्ब ३२ करोड ४७ लाख ८३ हजार सात सय २७ रुपैयाँमा र सेढवादेखि ठोरीसम्मको हुलाकी सडक निर्माणको ठेक्का कालिका बानिया जेभी कन्ट्रक्सनले एक अर्ब दुई करोड ९६ लाख रुपैयाँमा लिएको थियो । त्यो मध्ये कालीका बानिया जेभीले आफ्नो भागमा परेको ३० किलोमिटरमध्ये साढे २५ किलो मिटर सडक कालोपत्रे गरी गत बर्षको चैत्रमा सरकारलाई हस्तान्तरण गरेको थियो । 

उसको भागमा परेको बाँकी साढे चार किलोमिटर सडक ठोरी गाउँपालिकाको वडा नम्बर २ फारलाइनदेखि वडा नम्बर १ को चौतारासम्म चितवन राष्ट्रिय निकुञ्जले सडक वन क्षेत्रमा  पर्ने बताउँदै अवरोध सृजना गरेपछि सडक निर्माण अलपत्र भएको हो । 

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका प्रमुख दरोगा साहले निकुञ्जको अवरोधका कारण ठोरीमा साढे चार किमी सडक कालोपत्रे हुन नसकी अलपत्र परेको बताउनुभयो ।  

ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले निकुञ्जले सडकको सम्पूर्ण काम कारबाही अगाडी बढ्दा नरोक्ने तर कालोपत्रे गर्ने बेलामा रोकेर विकासमा अवरोध सृजना गरेको बताउनु भयो ।

सो खण्डको हुलाकी सडक निकुञ्जले जङ्गल भित्र पर्ने भन्दै दाबी गरे पनि ठोरीको मानव बस्ती र खेतबारी भएर हुलाकी सडक चितवनको माडी पुग्ने श्रेष्ठले बताउनु भयो । रोकिएको सडक निर्माणका लागि सरकारको ध्यान आकृष्ट गरार्ईएको र निकट भविष्यमै रोकिएको काम शुरु हुने आश्वासन आफूले पाएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content