श्री गढीमाई राष्ट्रिय दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

neelambads

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायद्वारा आवश्यक तयारी सुरु 

955 SHARE:

वीरगंज । सरकारले वैशाख ३० गते  देशभर स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेसँगै पर्सामा निर्वाचन शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लास्थित सुरक्षा निकायले आवश्यक तयारी सुरु गरेको छ ।

निर्वाचन तयारीका लागि जिल्लामा रहेका मतदान केन्द्रहरूको स्थलगत अनुगमन र अवलोकन गर्ने काम सुरु भएको हो । 

पर्साका प्रमुख जिल्ला अधिकारी रमेश ढकालको नेतृत्वमा निर्वाचन कार्यालय तथा सुरक्षाकर्मी सहितको संयुक्त टोलीले जिल्लाका १४ वटै पालिकामा रहेका मतदान केन्द्रहरूको स्थलगत अनुगमन तथा अवलोकन गर्ने कार्य प्रारम्भ गरेको हो ।
 टोलीले आज पर्साका छिपहरमाई गाउँपालिकामा रहेका ८ वटा मतदान केन्द्रमा स्थलगत निरीक्षण तथा अवलोकन गरेको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रञ्जीता झाले बताउनभयो ।

मतदान केन्द्रहरूको  अनुगमनको क्रममा मतदान स्थलको भौतिक अवस्था, बाटो, बाउन्ड्री वाल, शौचालयलगायतको बारेमा टोलीले जानकारी लिएको थियो ।  

टोलीले यसअघि धोबिनी, जिराभवानी, कालिकामाई र विन्दवासिनी गाउँपालिकामा रहेका मतदान केन्द्रहरूको समेत स्थलगत अनुगमन तथा निरीक्षण गरेको प्रजिअ झाले जानकारी दिनुभयो । 

अनुगमनको क्रममा गाउँपालिकाहरूमा थप मतदान केन्द्रको स्थापना गर्नुपर्ने सम्बन्धमा समेत छलफल भएको प्रजिअ झाले बताउनुभयो । 

अनुगमन टोलीमा जिल्ला पहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, नेपाली सेनाका प्रमुख मनोज कार्की, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक लयागतको सहभागिता रहेको थियो ।


COMMENTS

 


thedesigners7
Name

news,1026,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,8,समाचार,7,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायद्वारा आवश्यक तयारी सुरु 
शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायद्वारा आवश्यक तयारी सुरु 
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/02/Anugaman-Toli-1024x576.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/02/blog-post_73.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/02/blog-post_73.html
true
8891381760893256154
UTF-8
अन्य अपडेटसहरु केही भेटिएन सबै हेर्नुहोस् विस्तृतमा पढ्नुहोस उत्तर Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy