कलैया,१९ माघ । जिल्ला बाराकाे बारागढी गाउपालिका आगलागी हुँदा ९ घर गोठ जलेर नष्ट भएको छ । जिल्ला को बारागढी गाउपालिका वडा नम्बर २ विसुनपुर्वा...
कलैया,१९ माघ । जिल्ला बाराकाे बारागढी गाउपालिका आगलागी हुँदा ९ घर गोठ जलेर नष्ट भएको छ । जिल्ला को बारागढी गाउपालिका वडा नम्बर २ विसुनपुर्वामा मंगलवार राती भिषण अगालागी हुँदा ९ घर गोठ जलेर नष्ट भएको हो ।
उक्त आगलागीमा परी प्रेमलाल चौधरी, जयप्रकाश चौधरी, लिलावती थरुनी, उर्मिला चौधरी, देवकान्त चौधरी, सुरेश दास, कन्चन दास, लक्ष्मण दास, शंकर प्रसाद जयसवालको घर गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले बताए ।
उक्त स्थानमा पहिला प्रेमलाल चौधरीको घरबाट आगलागी सुरु भई नौ वटा घर तथा गोठ जलेर नष्ट भएको हो । ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी टोली र स्थानीय वासिन्दाको सहयोगमा बुधवार बिहान पौने २ बजे नियन्त्रण लिएको हो ।
आगलागी हुँदा घर भित्र राखिएको काठको फर्निचर, झ्याल, ढोका, दाउरा, खाने अन्न लगायतका धनमाल गरी करीब ९ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रब्क्ता थापाले बताए ।

COMMENTS