माघ २७, २०७८ बाराकी रुबि साहलाई १० हजार डलर बराबरको 'जोन्टा इन्टरनेशनल २०२१ जेनएम क्लाउजम्यान' (जेएमके) वुमन इन विजनेस छात्रवृत्तिब...
माघ २७, २०७८
बाराकी रुबि साहलाई १० हजार डलर बराबरको 'जोन्टा इन्टरनेशनल २०२१ जेनएम क्लाउजम्यान' (जेएमके) वुमन इन विजनेस छात्रवृत्तिबाट सम्मान गरिएको छ । उनलाई जोन्टा क्लब अफ काठमाडौँ–२५, क्षेत्र नम्बर २ बाट मनोनयन गरिएको थियो । पुरस्कारको लागि जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट छनोटमा आवेदन पठाइएको थियो, त्यहाँबाट उनले थप २ हजार डलर पनि प्राप्त गरिन् ।
साथै, अन्य ३२ जनाले २ हजार डलर बराबरको थप छात्रवृत्ति पाएका छन् । रुबीले संयूक्त राज्य अमेरिकाको इलिनोइसस्थित जोन्टा हेडक्वार्टरबाट थप ८ हजार डलर प्राप्त गरेकी हुन् । उनी शैक्षिक वर्ष २०२१– २०२२ को लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गर्ने विश्वभरका ६ मध्ये एक हुन् ।
उनी वित्त र लेखा विषय लिएर ब्रिटिस कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत छिन् । १९ वर्षको उमेरदेखि नै रुबीले इन्क्युबेशन, कन्टेन्ट क्रिएसन, मार्केटिङ, र परामर्श सेवाजस्ता धेरै स्टार्टअपहरूसँग काम गरिरहेकी छिन् । उनी उद्यमी नेपालीको पूर्व प्रमुख अपरेटिङ अफिसर पनि हुन् । हाल उनी कीर्तिपुरको रोट्रयाक्ट क्लबको चार्टर प्रेसिडेन्टको रूपमा नेतृत्व गरिरहेकी छिन् । जहाँ उनले ४० भन्दा बढी स्थानीय युवाहरूसँग मिलेर सामुदायिक परियोजनाहरू र क्षमता विकास सम्बन्धी कार्यक्रमहरू संयोजन गरिरहेकी छन् ।

COMMENTS